सेमिफाइनल प्रवेशका लागि रसियामा जारी फ्रान्स र उरूग्वेबीचको पहिलो हाफ १-० स्कोरमा सकिएको छ।
दुई विश्व विजेता फ्रान्स र उरूग्वेबीचको खेलमा फ्रान्सले पहिलो हाफ सकिन केहि मिनेट बाँकी छँदा गोल गर्दै अग्रता लिएको हो।
फ्रान्सका लागि सो गोल राफेल भारानेले गरेका हुन्। उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन्।
लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रान्सले फ्रिकिक पाएको थियो। सोही फ्रिकिकबाट आएको बललाई राफेलले हेडमार्फत जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन्।