नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
बुढानिलकण्ठ स्थित निवासमा पुगेर प्रचण्डले देउवासँग कुराकानी गरेका हुन्। देउवाका सहयोगी भानु देउवाले प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको सेतोपाटीलाई बताए।
उनका अनुसार प्रचण्ड आज साँझ ६ बजे देउवा निवास पुगेका थिए। उनीहरुबीच करिब आधा घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी ओलिले वैशाख २७ मा विश्वासको मत लिन लागेका छन्। कांग्रेस र नेकपा माओवादी ओलिलाई विश्वासको मत दिने पक्षमा छैनन् बरु देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा छन्।