प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक आज राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।
देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए।
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा: आफ्नो सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी गराउँदैछन्।
आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
हेर्नुस् लाइभ: