सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लबले उत्कृष्ट खेल देखाएको छ।
अपराजित सातदोबाटो ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले तीन चरणको खेल सकिँदा ५ गोल गरेको छ भने १ गोल मात्र खाएको छ।
तेस्रो चरणमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबमाथि ४-१ ले को जित निकाल्दा सातदोबाटोका अजयी मार्टिन्सले ह्याट्रिक गरेका थिए। उनी सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न समेत सफल भए।
लिगको उपाधिको दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब पनि अपराजित छन्। दुवै क्लबले समान ७-७ अंक जोडेका छन्। अपराजित रहेका बाँकी तीन क्लब संकटा, नेपाल पुलिस र त्रिभुवन आर्मीले ५-५ अंक जोडेका छन्।
तेस्रो चरणसम्म फ्रेण्ड्स, एनआरटी, हिमालयन शेर्पा, जावलाखेल युथ र एपिएफले जित निकाल्न सकेका छैनन्। जावलाखेल र एपिएफ त तीनै खेलमा पराजित हुँदै अंकबिहीन छन्।
लिगको दुई चरणसम्म २३ गोल भएकोमा तेस्रो चरणमा भने १८ गोल भएको छ। पहिलो चरणमा १६ गोल र दोस्रो चरणमा ७ गोल भएको थियो। दोस्रो चरणको तुलनामा तेस्रो चरणमा झण्डै दोब्बर बढी गोल भएका छन्।
तेस्रो चरणमा औषत प्रतिखेल २.५७ गोल हुँदा दोस्रो चरणमा औषत प्रतिखेल १ गोल भएको थियो।
तीन चरणमा गरी कुल ४१ गोल भएका छन्। जुन औषत प्रतिखेल १.९५ गोल हो।
तेस्रो चरणका खेलका नतिजा
जवालखेल युथ क्लब ० – २ मछिन्द्र फुटबल क्लब
हिमालयन शेर्पा क्लब १ – १ नेपाल पुलिस क्लब
ब्रिगेड ब्वाइज क्लब ० – १ त्रिभुवन आर्मी फुटबल क्लब
च्यासल युथ क्लब १ – १ न्युरोड टिम
संकटा क्लब २ – २ मनाङ मर्स्याङ्दी क्लब
सातदोबाटो युथ क्लब ४ - १ एपिएफ फुटबल क्लब
फ्रेण्ड्स क्लब १ – १ थ्री स्टार क्लब
जम्मा - १८ गोल
ह्याट्रिक - १ (अजयी मार्टिन्स-सातदोबाटो युथ क्लब)
दोस्रो चरणका खेलका नतिजा
त्रिभुवन आर्मी फुटबल क्लब ० – ० मछिन्द्र फुटबल क्लब
ब्रिगेड ब्वाइज क्लब ० - ० न्युरोड टिम
जावलाखेल युथ क्लब ० – १ नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
च्यासल युथ क्लब १ – ० एपिएफ फुटबल क्लब
संकटा क्लब २ – १ फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब १ – ० थ्रीस्टार क्लब
जम्मा – ७ गोल
पहिलो चरणका खेलका नतिजा
मछिन्द्र फुटबल क्लब २- १ न्युरोड टिम
त्रिभुवन आर्मी फुटबल क्लब १ – १ नेपाल पुलिस क्लब
जावलाखेल युथ क्लब ० – १ मनाङ मर्स्याङ्दी क्लब
ब्रिगेड ब्वाइज क्लब ३- २ एपिएफ फुटबल क्लब
च्यासल युथ क्लब ० – ३ थ्री स्टार क्लब
हिमालयन शेर्पा क्लब १ – १ संकटा क्लब
फ्रेण्ड्स क्लब ० – ० सातदोबाटो युथ क्लब
जम्मा गोल - १६ गोल