सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
विभिषण र रावण होइन राम-लक्ष्मण बनौं 
कांग्रेस अनि कम्युनिस्ट होइन नेपाली हुँ भनौं 
अनि कसको चुँड्ने सहास मेरो प्यारोभूमि 
गर्व गर्न सक्छौं अनि वीरका सन्तान भनी
पूर्खाले नि भनेकै हुन् दक्षिणबाट डर छ 
जसरी नि सिमानामा पर्खाल लाउनै पर्छ 
केही हुँदैन भारतले नाकाबन्दी गरे 
सुन फल्छ हाम्रो देशमा यही पसिना झारे
कोसिस गरौं पहिलो चरण वार्ताबाटै मिल्न 
परेदेखि तयार छौं है भारतसँग भिड्न 
मेरा प्यारा दाजुभाइ भारतीय सेना 
पसिना पो बेचे उसलाई स्वाभिमान हैन
जसरी नि हाम्रो भूमि फिर्ता ल्याउनै पर्छ 
आफ्नो भूमि भित्र्याएर पर्खाल लाउनै पर्छ 
विचार गर शेरबहादुर, प्रचण्ड र ओली 
तिम्रै साथमा उभिनेछौं देशका छोराछोरी
भारततिरै फर्किनेछ हाम्लाई ताक्या गोली 
खुट्टा कत्ति नकमाऊ है प्रचण्ड र ओली 
म त भन्छु भारतले नाकाबन्दी गरोस् 
मेरा प्यारो राष्ट्र पनि आत्मनिर्भर बनोस्
उसको ग्यास चाहिँदैन बिजुलीले पुग्छ 
नसोच भारत नेपालले जे गरे नि झुक्छ 
चानचुने नसोच है गोर्खाली हाैं चिन 
पर्यो भने तयार छौं है देशका लागि लड्न
(ऋतिषा काफ्ले सत्यवती मा.वि, दमौली तनहूँमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)