म नै प्रकृतिको संरक्षक हुँ, मेरो हातमा यसको भाग्य छ आज
चाहे बिगारूँ चाहे जोगाऊँ, निर्णय गर्ने शक्ति छ आज
रुख काटे भने सास घट्छ, नदी रोए भने जीवन थामिन्छ
फोहोर फाल्दा भविष्य रुन्छ, म सुध्रेँ भने संसार हाँसिन्छ।
गल्ती मेरो असर सबैमा यो कुरा आज बुझ्नु पर्छ
सानो प्रयास ठुलो परिवर्तन यही बाटो अब रोज्नु पर्छ
मेरो हातले विनाश हुन्छ भने मेरो हातले रक्षा पनि गर्छ
आजदेखि म कसम खान्छु प्रकृतिको संरक्षक म बन्छु।
नदी, ताल, झरना सबैको माया जोगाउँछु भने जीवन भरिन्छ
पानीले दिन्छ स्वास्थ्य खुसी, ऊर्जा सुरक्षा नगरे भने अँध्यारो फैलिन्छ
गर्मीको पसीनाले मौला बगाउँछ तर वायु प्रदूषित भए स्वास्थ्य बिगार्छ
आजको लापरबाहीले मौसम बिग्रिन्छ तर आजको प्रयासले जीवन मुस्कुराउँछ।
म जलको संरक्षक पृथ्वी मेरो साथी, साथ दिनु तिमी पनि सधैँ हर्षभरि
सानो कदमले ठुलो परिवर्तन ल्याउँछ, बोटबिरुवा रोपौँ पानी बचाऔँ
मानव प्रकृति सँगै हाँस्छन्, धरती सुरक्षित रहोस् जीवन मिठो हुन्छ
आजदेखि म कसम खान्छु, प्रकृतिको संरक्षक म बन्छु।
(मायोन गोबिन्द श्रेष्ठ सुदेशा स्कुल, ललितपुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।)