नेपाली बजारमा भेस्पा र अप्रिलियाको मूल्य बढेको छ। नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले गत भदौ १ गतेदेखि लागु हुने गरी स्कुटरहरूको मूल्य बढाएको हो।
कम्पनीले हरेक मोडलको मूल्य छ हजार रूपैयाँदेखि सात हजार पाँच सय रूपैयाँसम्मले बढाएको हो। तोकिएको मूल्यमा स्कुटर खरिद गर्दा कम्पनीले हेलमेट पनि दिने बताएको छ।
यतिबेला नेपाली बजारमा भेस्पाको ९ मोडल र अप्रिलियाको ५ वटा मोडलका स्कुटरहरू बिक्री हुँदैछ। भेस्पाको भिएक्सएल १५०, एसएक्सएल १५०, एसएक्सएल १५० म्याट र एलिगेन्टको मूल्य सात हजार पाँच सय रूपैयाँ बढाइएको हो भने बाँकी मोडलको मूल्य छ हजार रूपैयाँ बढाइएको हो।
त्यसैगरी, अप्रिलिया एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० बिएस-६ को मूल्य सात हजार पाँच सय रूपैयाँले बढाइएको हो। यीबाहेक अप्रिलिया स्टोर्म १२५ र अप्रिलिया एसआर १२५ को मूल्य छ हजार रूपैयाँले बढाइएको छ।
भेस्पाको विभिन्न मोडलको नयाँ मूल्य तल सूचीमा दिइएको छः
मोडल
|
इन्जिन क्षमता
|
मूल्य
|
भेस्पा नोटे
|
१२५ सिसी
|
२,९१,९४६
|
एलएक्स
|
१२५ सिसी
|
२,९१,९४६
|
भिएक्सएल
|
१२५ सिसी
|
३,४१,९४६
|
भिएक्सएल
|
१५० सिसी
|
३,९५,४४६
|
एसएक्सएल
|
१२५ सिसी
|
३,५५,९४६
|
एसएक्सएल
|
१५० सिसी
|
४,११,४४६
|
एसएक्सएल म्याट
|
१२५ सिसी
|
३,५७,९४६
|
एसएक्सएल म्याट
|
१५० सिसी
|
४,१३,४४६
|
एलिगेन्ट
|
१५० सिसी
|
४,३३,४४६
|
अप्रिलाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल
|
इन्जिन क्षमता
|
मूल्य
|
स्ट्रोम १२५
|
१२५ सिसी
|
२,७१,९००
|
एसआर १२५
|
१२५ सिसी
|
२,७८,९००
|
एसआर १५०
|
१५० सिसी
|
३,२८,९००
|
एसआर १५० रेस
|
१५० सिसी
|
३,५१,९००
|
एसआरएक्स १६० बिएस-६
|
१६० सिसी
|
४,५४,४००
|