फोनमा घण्टी बज्यो।
एक जना साथीले फोन गरेको रहेछ। कुरा भयो, हामीले चिया भेट गर्ने भयौं।
भेट हुँदा सामान्य कुराबाट सुरू भएको गफ उनले आफ्ना केही कुरा सुनाउने कोसिस गरिन्। खासमा उनको भेटको उद्देश्य आफ्ना कुरा ‘सेयर’ गर्ने रहेछ।
उनले भनेका कुरा,
म ब्याचलर सकेर कामको खोजीमा लागेँ, प्राय: विद्यार्थीहरूले गर्ने महत्वपूर्ण करिअरका चरण नै हो।
प्रायः विदेशीय पनि म नेपाल मै केहटी गरूँ सोचले काम खोज्न थालेँ। धेरै ठाउँमा आवेदन दिएँ, अन्तर्वार्ता दिएँ। सफल भइरहेको थिइनँ।
अथक प्रयासपछि, अन्तमा मधेसकै दुई जिल्ला कार्यक्षेत्र हुने गरी मैले जागिर पाएँ। खुसी भएँ। कामका लागि त्यहीँ दुई जिल्लामध्ये एकमा बस्नुपर्ने भयो।
म छोरी मान्छे घरबाट खासै बाहिर बसेको थिइनँ। त्यसमा एक्लै त बसेकै थिइनँ। मनमा कयौँ प्रश्न भए पनि म सक्छु भनेर बस्नका लागि कोठा खोज्न थालेँ।
सुरूमा मेरो म्यानेजरले हामी एउटै फ्ल्याट लियम् भने प्रस्ताव राख्नुभयो। म सिधा अस्वीकार गरेँ, पछि कर गर्नुभयो। तै पनि म मानिनँ।
'तिमिले जागिर मेरो प्रस्तावमा पाएको हो। अनि तिमी मसँग नबस्ने भन्दैछौ' पो भन्नुभयो।
जबाफ दिन खोजेँ तर सबै कुराको जबाफ दिनुपर्ने भन्ने लागेन। केही समयपछि कोठा पाएँ।
जुन घरमा कोठा पाएको थिएँ, त्यो घरमा चार जनाको परिवार मात्रै बस्थ्यो। घरमूली कतै काम गर्नुहुन्छ। भाँडा बस्ने म मात्रै थिएँ। घरका अन्य कोठाहरू खाली नै थिए।
सुरक्षित छु र? मेरो मन हरेक रात उब्जिएको प्रश्न थियो।
कहिलेकाहीँ घरमूलीले फोन गरिरहनु हुन्थ्यो। खबर सोध्ने र केही गाह्रो त भएको छैन जस्ता प्रश्न पनि गरिरहने।
म सामान्य लिन्थेँ।
एक दिन मेरो इसेवामा केही पैसा आयो। कहाँबाट आयो अचम्म परेँ। यसो हेर्दा घरमूलीले पठाउनु भएको छ। किन पठाउनु भयो होला? मनमा शंकास्पद प्रश्न उब्जियो।
फोन गरेर सोध्दा, घरको भाँडा पठाइदिएको हो। यो मेरो श्रीमतीलाई दिनु है भन्नेर भन्नुभयो।
मैले सोधेँ- किन? म तिर्न सक्छु त भन्दा, हैन राख न मेरो तर्फबाट हो। यति भन्नेर फोन काट्नुभयो।
मलाई तनाव भयो। बिनाकामले पैसा मलाई किन दिनुभयो त? सोच्न थालेँ, के म सुरक्षित छु त? यसरी ऊ मसँग नजिकन खोजेको त हैन? लगायतका कुरा सोच्न थालेँ।
म धेरै कुरा नसोची त्यहाँबाट कोठा सर्ने निधो गरेँ, त्यो भन्दा अगाडि घरमूलीलाई पैसा फिर्ता पठाएँ, कोठाको भाडा तिरेँ अनि अन्तै कोठा सरेँ।
तर, सुरूमा कोठा पाउन गाह्रो भएझैं अर्को कोठा पाउन सहज चाहिँ थिएन।
मेरो पढाइ घरबाट टाढा भएन, घरका कोही न कोही मसँग बस्नु हुन्थ्यो। म पनि पढाइ बाहेक अन्य कतै आबद्ध नभएको हुनाले धेरै कुरा थाहा थिएन।
कामको सिलसिलामा कार्यक्षेत्र जाँदा पुरूष कर्मचारीबाट आउने कुराहरू 'म्याम बिहे भयो? कहाँ बस्नु हुन्छ? फोन नम्बर दिनुस्' लगायत कुरा आउने रहेछ।
म सामान्य लिन्थेँ। नम्बर पनि दिन्थेँ किनकि काम जो गर्नुछ, फोन पनि आउँथ्यो तर कामका कुरा बाहेक अन्य कुरा गर्ने गरेको थिइनँ।
कतिलाई बिहे भइसकेको छ वा बिहे फिक्स भइसकेको छ भन्ने ढाँटनु पनि पथ्र्यो।
म सुरक्षित छु? मेरो मनमा दिनहुँ आउने प्रश्न थियो। राम्रो कुरा अहिलेको घरमूली छोरी झैं मान्नु हुन्थ्यो। जसले केही राहत चाहिँ भएको थियो। म बस्ने घरमा अन्य मान्छेहरू बस्ने हुनाले उहाँहरूसँग घुलमिल हुन्थेँ।
एक दिन मेरो अफिसका निर्देशक सर फिल्डतिर हँदा मेरो काँधमा हात राखेर बेस्सरी चिम्टदै, कस्तो राम्रौ लुगा लगाएको छौ, तिमीलाई सुहाएको छ भन्नेर भन्नु भयो। त्यहाँ धेरै मान्छे थियो। त्यति बेला मलाई यस्तो नराम्रो लागेको थियो।
काम छोडिदिम् जस्तो लाग्यो तर आफू सही भएपछि के नै हुन्छ भनेर काम गरिरहेँ। अनि सबैतिर यस्तै त होला नि हैन र?
म सोच्थेँ। छोरी मान्छे कसरी काम गर्छ होलान्। जस्तो गाह्रो भए पनि काम त गर्नुपर्ने रहेछ। नराम्रो सोच भएका मान्छेसँग जुध्दै काम गरिरहनुपर्छ।
सुरूमा मलाई सारै गाह्रो भयो। एक पल्ट हैन कयौँपल्ट जागिरबाट राजीनामा दिएर घर बस्छु भएको थियो। तर काम गरिरहेँ, आफ्नो हिसाबले सजग भएर बसेँ।
अहिले पनि अवस्था फरक छैन। छोरी मान्छे मात्रै हैन महिलालाई सुरक्षित काम गर्ने वातावरण बनाउन एकदम जरूरी छ। कार्यक्रममा महिलाको सुरक्षाको कुरा गर्ने पुरूषहरूबाट नै महिलाहरू असुरक्षित भएर बस्नु परेको हुन्छ।
यति भनिरहँदा उसको मन भारी भइसकेको थियो। बीचमा रूँन पनि आँटेकी थिई तर रोकिन्।
मैले केही जबाफ दिइनँ। चिया सकाएर हामी छुट्यौं।