जिडब्ल्युएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (टाडा) मा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
टाडा २०२६ मा ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत 'बेस्ट इन्टेरियर डिजाइन अवार्ड' प्राप्त गरेको छ भने ट्यांक ३०० ले प्रिमियम कार विधाअन्तर्गत 'बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड' जितेको छ।
यी दुई सम्मानले जिडब्ल्युएमका फरक–फरक मोडलमा देखिएको डिजाइन र प्रविधिको क्षमतालाई उजागर गरेका छन्।
ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, अफ–रोड क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ।
ओरा ५: आधुनिक इन्टेरियर डिजाइनको पहिचान
पारिवारिक कार विधामा 'बेस्ट इन्टेरियर डिजाइन अवार्ड' प्राप्त गरेको ओरा ५ को इन्टेरियर आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ।
आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिटको संयोजन, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताको विद्युतीय सवारीको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
यो सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ, जहाँ स्टाइलसँगै व्यावहारिकता र प्रविधिलाई पनि समान महत्त्व दिइएको छ।
ट्यांक ३००: प्रविधि र अफ–रोड क्षमताको संयोजन
प्रिमियम कार विधाअन्तर्गत 'बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड' प्राप्त गरेको ट्यांक ३०० ले जिडब्ल्युएमको प्रिमियम एसयूभी तथा अफ–रोड प्रविधिमा रहेको क्षमतालाई प्रस्तुत गर्छ।
जिडब्ल्युएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयुभीको विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ।
टाडा २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको छ।
ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जिडब्ल्युएमको विश्वव्यापी पोर्टफोलियोको विविधता पनि देखाउँछन्।
एकातर्फ आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटी, अर्कोतर्फ प्रिमियम एसयुभीको प्रविधि र अफ–रोड क्षमता।
नेपालमा पनि जिडब्ल्युएमको पोर्टफोलियो विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताको थप परिचय गराउने अपेक्षा गरिएको छ।
नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयुभी सेग्मेन्टमा नयाँ मोडलहरू विस्तार गर्दै आएको जिडब्ल्युएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म पुर्याउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको छ।
नेपालमा जिडब्ल्युएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न सेग्मेन्टमा जिडब्ल्युएमका मोडलहरू विस्तार गरिरहेको छ।
सहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भू-भागका लागि सक्षम एसयुभीसम्म जिडब्ल्युएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ पोर्टफोलियोलाई विस्तार गरिरहेको छ।