नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि.ले आफ्नो नयाँ अर्बन एसयुभी चेरी क्यूको डेलिभरी काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरू गरेको घोषणा गरेको छ।
सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडीएएस (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम्स) सुविधाहरू रहेका छन्।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयुभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।
साथै, चेरी क्यूले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ।
आफ्ना आकर्षक विशेषताहरूका कारण यस नयाँ अर्बन एसयुभीले सामाजिक सञ्जालमा समेत उल्लेखनीय चर्चा बटुलिरहेको छ।
काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरू हुनुले नेपाली बजारमा चेरीको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्नुका साथै देशका प्रमुख बजारहरूमा ग्राहकहरूमाझ आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
चेरी क्यूले नेपालका प्रमुख सहरहरूमा ग्राहकहरूसम्म आफ्नो पहुँच विस्तार गर्दै जाँदा, नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक एसयुभी डिजाइनको संयोजनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको कम्पनीको भनाइ छ।