बजाजले चाडपर्वलाई लक्षित गर्दै आफ्नो विद्युतीय तीनपांग्रे सवारीसाधन विगोमा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बजाज दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले 'चाडपर्वको बहार, विगोमा ५० हजार' नारासहित नयाँ योजना ल्याएको हो।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले नयाँ बजाज विगो विद्युतीय तीनपांग्रे खरिद गर्दा ५० हजार रूपैयाँ नगद छुट पाउनेछन्।
त्यस्तै, पुरानो सवारीसाधन साटेर नयाँ विगो खरिद गर्ने ग्राहकले थप ३० हजार रूपैयाँसम्मको अतिरिक्त मूल्यांकन सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले विगोमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ।
सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई वित्तीय साझेदारका रूपमा समावेश गरेको छ।
यसअन्तर्गत ग्राहकले सहज ऋण सुविधासँगै ३६ महिनासम्म मासिक किस्ता तिर्ने सुविधामार्फत बजाज विगो खरिद गर्न सक्नेछन्।
एकपटक पूरा चार्ज गर्दा १४० किलोमिटरसम्मको दूरी
बजाज विगो विद्युतीय तीनपांग्रेमा आधुनिक बनावट, शक्तिशाली विद्युतीय मोटर, लिथियम आयन (एलएफपी) ब्याट्री प्रविधि र आरामदायी यात्राको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम सञ्चालन खर्च यसको प्रमुख विशेषताका रूपमा रहेको छ।
कम्पनीको दाबीअनुसार विगोले एकपटक पूरा चार्ज गर्दा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक दूरी तय गर्न सक्छ।
यसमा ऊर्जा बचत तथा शक्तिशाली सञ्चालन विधि, पुनः ऊर्जा सञ्चय गर्ने ब्रेक प्रणाली र उकालोमा सवारीसाधन रोकिँदा पछाडि नघस्रिने सहायक प्रविधिजस्ता सुविधा समावेश गरिएका छन्।
यी सुविधाले दैनिक व्यावसायिक प्रयोजनका लागि सवारीसाधनलाई थप व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउने कम्पनीको विश्वास छ।
विशेषगरी कम सञ्चालन खर्च र लामो दूरी तय गर्न सक्ने क्षमताका कारण व्यावसायिक प्रयोजनका लागि विद्युतीय तीनपांग्रे रोज्ने ग्राहकका लागि विगो उपयोगी विकल्प बन्न सक्ने देखिन्छ।
चाडपर्वको अवसरमा सार्वजनिक गरिएको यस योजनाले नयाँ विद्युतीय तीनपांग्रे खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
योजनाको विस्तृत जानकारी, लागू हुने सर्त तथा उपलब्धताबारे ग्राहकले नजिकैको आधिकारिक बजाज तीनपांग्रे सोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।