एमएडब्ल्यू वृद्धी अटोकोर्पले शुक्रबार पोखरामा नयाँ नेभो क्यू०५ सार्वजनिक गर्ने तयारी गरेको छ।
त्यसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुनेछ।
ग्राहकहरूले असोज ३ गतेदेखि ६ गतेसम्म चौतास्थित दिपल पोखरा सोरुममा नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
चांगानको नयाँ–ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको नेभो क्यू०५ ले नेपालमा दिपलमार्फत प्रस्तुत भइरहेको स्टाइलिस, प्रविधिमैत्री र प्रिमियम इभी अनुभवलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।
चीनमा पछिल्ला ५ महिनादेखि आफ्नो सेग्मेन्टको नम्बर १ एसयुभीका रूपमा रहेको क्यू०५ ले कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा 'ए क्लास अबभ' अनुभव प्रदान गर्ने लक्ष्यसहित आधुनिक इभी प्रविधि, समसामयिक डिजाइन र स्मार्ट मोबिलिटीलाई एकसाथ प्रस्तुत गर्दछ।
नयाँ नेभो क्यू०५ ले शहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्दछ।
यसको २,७३५ एमएम ह्विलबेसले विशेषगरी पछाडिको सिटमा यात्रा गर्ने यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउने गरी डिजाइन गरिएको छ।
पछाडिका सिटहरू रिक्लाइनिङ हुने भएकाले यात्राको आराम थप बढ्छ भने ५४० लिटरको स्ट्यान्डर्ड बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्दछ।
डिजाइन क्यू०५ को अर्को प्रमुख विशेषता हो। यो सवारी साधन चांगानको विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकसित गरिएको हो, जसमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू संलग्न छन्।
उक्त टोलीको नेतृत्व चांगान ग्लोबल डिजाइन भाइस–प्रेसिडेन्ट तथा पूर्व फक्सवागन ग्रुप डिजाइन चिफ क्लाउस जाइसियोराले गरेका छन्।
नयाँ क्यू०५ मा सफा र एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर तथा फराकिलो र आत्मविश्वासी रोड प्रेजेन्स रहेको छ।
यसको डिजाइनले 'गोल्डेन ए' डिजाइन अवार्डमार्फत अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ।
यो इलेक्ट्रिक एसयूभीमा ५१.९ किलोवाट आवर क्याटल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री रहनेछ, जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ।
यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्नेछ भने अधिकतम डीसी चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहेको छ।
नेभो क्यू०५ अन्तर्राष्ट्रिय बजारमा समेत उल्लेखनीय उपस्थितिसहित नेपालमा प्रवेश गर्न लागेको छ।
चांगान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यू०५ को कुल बिक्री १ लाख २५ हजारभन्दा बढी युनिट पुगेको थियो।
साथै, यसले चीनको कम्प्याक्ट एसयुभी बिक्रीमा लगातार चार महिनासम्म अग्रता हासिल गरेको रिपोर्ट गरिएको छ।
फराकिलो केबिन, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डिजाइन र उन्नत प्रविधिसहित चांगान नेभो क्यू०५ ले नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको छ।