नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। बैंकको कात्तिक २५ मा बसेको संचालनक समितिको बैठकले ८ करोड कित्ता आइपिओ निष्कासन गर्ने भएको हो।
बैंकले मंसिर २९ मा प्रथम साधारण सभा गर्ने बताएको छ। साधारण सभाको विशेष प्रस्तावका रुपमा आइपिओ निश्कासन गर्ने जानकारी दिएको हो।
अहिले १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले साधारण शेयर निष्काशन पछि २० अर्ब पुर्याउने साधारण सभाको विशेष प्रस्ताव छ।