सिद्धार्थ बैंकले आइतबार बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई दशलाख रूपैयाँ सहयोग प्रदान गरेको छ।
सो सहयोग रकम बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा विवेक बास्कोटालाई एक समारोहकाबीच प्रदान गरे।
बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका बैंकले उक्त रकम प्रदान गरेको हो।
यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ।