अपी पावर कम्पनीद्वारा निर्मार्णाधीन ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना बैशाखदेखि संचालनामा आउने भएको छ।
अहिले यसको अन्तिम चरणमा काम भैरहेको कम्पनीले जनाएको छ। यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ।
यो आयोजना इपिसी मोडलअन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो। यसै गरी कम्पनीले ढल्केबर र सिमरामा १–१ मेगावाट क्षमताका आयोजना निर्माण सुरु गरेको छ। यी आयोजनाहरु केही महिनाभित्र संचालनमा ल्याउने तयारी कम्पनीले गरेको छ।
नेपाल बिद्युत प्राधिकरण र अपी पावर कम्पनीबीच २०७५ साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य बिद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौता भएको थियो।
सम्झौता अन्र्तगत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन्। यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट बिद्युत उत्पादन गर्नेछ।
यी आयोजनाहरुको निर्माण अवधि १० महिना रहेको छ। नेपालमा निजी क्षेत्रबाट प्रवद्र्धन गरिएका यी पहिला आयोजना हुन्। यी आयोजनाको बिद्युत खरिद बिक्री दर ७.३० प्रति युनिट रहेको छ।