लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा टायल्सले नेपाल गुणस्तर चिह्न प्राप्त गरेका छन्।
नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका दुवै उत्पादनलाई एनएस ६१७ः२०८२ मापदण्डको गुणस्तरको चिह्न प्रदान गरेको हो।
उक्त चिह्न प्राप्त गरेसँगै नेपालको सेरामिक उद्योगले महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार लामिनार टायल्सले विभागबाट पूर्ण भिट्रिफाइड टायल्स (समूह बि एलए) श्रेणीको गुणस्तर चिह्न प्राप्त गरेको हो भने क्रेस्टा टायल्सले पोर्सिलियन टायल्स (समूह बी एलबी) श्रेणीको मान्यता प्राप्त गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले उक्त चिह्न प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धि भनेका छन्।
'नेपाल गुणस्तर चिह्न प्राप्त हुनुले टायलको गुणस्तर मापनका लागि स्पष्ट, वैज्ञानिक र राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड स्थापित गरेको छ,' उनले भने, 'साथै पारदर्शी वर्गीकरण र प्रमाणीकरणमार्फत किफायती मूल्यमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन दिन सक्ने हाम्रो क्षमतालाई पनि प्रमाणित गरेको छ।'
अन्तर्राष्ट्रिय बजारमा पूर्ण भिट्रिफाइड टायल्सलाई उच्च गुणस्तरको श्रेणीमा राखिन्छ।
लामिनारका पूर्ण भिट्रिफाइड टायल्सलाई न्यून पानी सोस्ने टायल्स हो। जसका कारण टायल्समा दाग लाग्ने, रङ फिका हुने समस्या हुँदैन भने घर्षणका कारण पनि कुनै असर पर्दैन। यसप्रकारका टायल्स विशेष गरी घरका भुइँ, पर्खाल र बढी चहलपहल हुने, पानी पर्ने स्थान, बाल्कोनी तथा पार्किङ लगायतका क्षेत्रका लागि उपयुक्त मानिन्छन्।
लामिनार र क्रेस्टा दुवै टायल कम्पनीको बर्दियास्थित कारखानामा उत्पादन हुँदै भइरहेका छन्। कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल इन्क प्रविधि प्रयोग गरी टायल उत्पादन गर्दै आएको छ।
कम्पनीका अनुसार टायल देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध छन्। साथै, काठमाडौँको उत्तरढोकास्थित ‘लामिनार एक्सपिरियन्स सेन्टर’मा पनि टायल अवलोकन गर्न सकिने कम्पनीले जानकारी दिएको छ। टायल्ससम्बन्धी विस्तृत जानकारी कम्पनीकोल वेबसाइट www.laminartiles.com बाट पनि लिन सकिनेछ ।