सेन्ट जेभियर्स कलेजको विज्ञान, वातावरण तथा प्रविधि (सेट) काउन्सिलले तेस्रो 'एसएक्स सी सेट' वाकाथन गर्ने भएको छ।
शनिबार हुने 'एसएक्स सी सेट' वाकाथनमा काउन्सिलले युवामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायसँग सहकार्य बढाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको काउन्सिलले जनाएको छ।
यस वर्षको वाकाथन ‘अस्तित्व नेपाल’ सँगको सहकार्यमा भइरहेको काउन्सिलले जनाएको छ।
यस्तै वाकाथनमा सहभागी हुन चाहने सबै उमेर समूहका इच्छुकहरूले कलेज परिसरमै टिकट लिएर दर्ता गर्न सक्नेछन्। सहभागीलाई वाकाथन टि–सर्ट, खाना र सहभागिता प्रमाणपत्र प्रदान गरिने काउन्सिलले जनाएको छ।