महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर प्रा. लि. ले महिला दिवसको अवसरमा विशेष आइभिएफ सेवा योजना घोषणा गरेको छ।
२४ फागुनदेखि २४ चैतसम्म सीमित अवधिका लागि आइभिएफ सेवा २ लाख ६८ हजार रूपैयाँमा उपलब्ध गराइने जनाएको छ।
आमाबाबु बन्ने सपना केवल जैविक प्रक्रिया मात्र होइन, यो गहिरो भावनात्मक यात्रा पनि हो।
धेरै दम्पतीहरूका लागि सन्तान प्राप्तिको बाटो आशा, प्रतीक्षा र कहिलेकाहीँ मौन पीडाले भरिएको हुन्छ।
यस्ता संवेदनशील क्षणहरूलाई बुझ्दै हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले यो विशेष पहल सार्वजनिक गरेको हो।
संस्थाका प्रतिनिधिका अनुसार महिला दिवस केवल उत्सव मनाउने दिन मात्र नभई महिलालाई अधिकार, विकल्प र आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने अवसर पनि हो।
नेपालमा बाँझोपन सम्बन्धी समस्या अझै पनि खुलेर छलफल नहुने विषय बनेको छ।
तर समयसँगै सचेतना बढ्दै गएको अवस्थामा, यस्ता पहलहरूले उपचारलाई पहुँचयोग्य बनाउनुका साथै भावनात्मक रूपमा समेत सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ।
२४ फागुनदेखि २४ चैतसम्म सञ्चालन हुने यस विशेष योजनाबाट सन्तानको आशा बोकेका दम्पतीहरूलाई परामर्श लिई अगाडि बढ्न प्रोत्साहन गरिएको छ।
कहिलेकाहीँ सानो धड्कन सुरू हुन ठूलो आशा चाहिन्छ।
यो महिला दिवस, आशालाई अझ बलियो बनाउने प्रयास रहेको बताइएको छ।