मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा नेपालमा ‘मदर्स डे गिफ्ट बक्स’ को माग उल्लेख्य रूपमा बढेको छ। सहरी क्षेत्रसँगै विदेशमा रहेका नेपालीबीच पनि नेपालमै उपहार पठाउने चलन विस्तार हुँदै गएको देखिएको छ।
यही प्रवृत्तिलाई लक्षित गर्दै नेपाली ब्रान्ड ‘माक्कुसे’ ले परम्परागत मिठाइलाई आधुनिक र लक्जरी गिफ्टिङमा रूपान्तरण गरी बजारमा ल्याएको छ।
माक्कुसेले तयार गर्ने गिफ्ट बक्समा परम्परागत नेवारी मिठाइलाई प्रिमियम प्याकेजिङ र आधुनिक डिजाइनसँग संयोजन गरिएको हुन्छ। ग्राहकको रोजाइअनुसार कस्टमाइज्ड गिफ्ट तयार गर्ने सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालनमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ संलग्न छिन्।
विदेशमा पेशागत अनुभव हासिल गरेपछि नेपाल फर्केर उनले परम्परागत उत्पादनलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यसहित यो ब्रान्ड सुरू गरेकी हुन्।
माक्कुसेले पुस्टकारी, गुलाबजल–पिस्ता गुदपाक, मोक्का गुदपाक, गुदपाक–चोको फज कुकिज, ओटमिल, पम्पकिन सीड कुकिज, ओट्स गुदपाकलगायत विभिन्न परम्परागत मिठाई उत्पादन गर्दै आएको छ।
यससँगै अनलाइन प्लेटफर्ममार्फत गिफ्ट अर्डर र डेलिभरी सेवा उपलब्ध गराइएकाले विदेशमा रहेका नेपालीलाई नेपालमै उपहार पठाउन सहज भएको कम्पनीले जनाएको छ।