दृष्टि आई केयर सेन्टर, कलंकी दसौं वर्षमा प्रवेश गरेको छ।
दसौं वर्ष प्रवेशको सुखद अवसरमा दृष्टि आई केयर सेन्टरले सम्पूर्ण बिरामी, शुभेच्छुक, चिकित्सक, कर्मचारी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
सेन्टरले बिरामीमैत्री, आधुनिक तथा विशेषज्ञ सेवाहरूलाई अझ विस्तार गर्दै बिना सुई मोतियाबिन्दुको शल्यक्रिया, मल्टिफोकल तथा टोरिक आइओएल सेवा, एडभान्स्ड कन्ट्याक्ट लेन्स सेवा, ड्राइ आई थेरापी तथा बालबालिकाका लागि मायोपिया कन्ट्रोल लेन्स सेवालाई विशेष प्राथमिकता दिने जनाएको छ।
अस्पतालले आधुनिक प्रविधिसहित बिना सुई मोतियाबिन्दुको शल्यक्रियामार्फत बिरामीलाई सुरक्षित, सहज र छिटो निको हुने उपचार प्रदान गर्दै आएको जनाएको छ।
साथै, मल्टिफोकल तथा टोरिक आइओएल सेवामार्फत अपरेशनपश्चात टाढा र नजिक दुवै दृष्टिमा सहजता प्रदान गर्नुका साथै चस्मामा निर्भरता कम गर्ने अत्याधुनिक समाधान उपलब्ध गराइँदै आएको छ।
यसैगरी, पछिल्लो समय बढ्दो समस्या बनेको आँखाको सुख्खापनका लागि विशेष ड्राइ आई थेरापी सेवा सञ्चालनमा ल्याइएको छ।
कम्प्युटर, मोबाइल तथा धुलो धुवाँको असरका कारण आँखा पोल्ने, रातो हुने, चिलाउने तथा थकान महसुस गर्ने बिरामीलाई यस सेवाबाट विशेष लाभ पुग्ने विश्वास अस्पतालले लिएको छ।
बालबालिकामा बढ्दो आँखाको पावर नियन्त्रण गर्न मायोपिया कन्ट्रोल लेन्स सेवा तथा आधुनिक जीवनशैलीअनुसार सहज दृष्टिका लागि एडभान्स्ड कन्ट्याक्ट लेन्स सेवा पनि विस्तार गरिएको अस्पतालले जनाएको छ।
दृष्टि आई केयर सिस्टमका प्रमुख कार्यकारी अधिकृत डा.भाइराजा श्रेष्ठले अनुभवी चिकित्सक, समर्पित विशेषज्ञ टोली, आधुनिक प्रविधि र गुणस्तरीय सेवाका कारण दृष्टिले छोटो समयमै आमजनताको विश्वास जित्न सफल भएको बताए।
उनले आगामी दिनमा अझ उत्कृष्ट, पहुँचयोग्य र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका मेडिकल निर्देशक डा. सविता पालिखेले बिरामीको आवश्यकता, सहजता र आधुनिक उपचार पद्धतिलाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताउँदै अनुभवी चिकित्सक र दक्ष जनशक्तिमार्फत गुणस्तरीय उपचार प्रदान गरिने जानकारी दिए।
दृष्टि आई केयर सेन्टर, कलंकीले स्थापनाकालदेखि नै नेपालभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको छ।
हाल दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पताल बिर्तामोड, वीरगञ्जका साथै काठमाडौंको कलंकी, चाबहिल, बानेश्वर, जमल तथा ओम अस्पतालका साथै नुवाकोटको बट्टारमा समेत सेवा सञ्चालनमा रहेको छ।