अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ।
महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा जिम्मवारी तोकिएको थिएन।
मंगलबार अर्थ मन्त्रालयले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो।
ढकाल यसअघि सोही विभागको उपमहानिर्देशकको भूमिकामा थिए।