प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा आयोजित एक उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरू तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्तुति दिएको थियो।
विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का एनइबी व्यवस्थापनका विद्यार्थीहरू र आइबिडिपी वर्ष १ का विद्यार्थीहरूले स्थानीय नेपाली स्रोतहरूमा आधारित पूर्ण व्यावसायिक अवधारणाहरू निर्माण गरेका थिए।
प्रत्येक समूहले आफ्नो व्यावसायिक योजना सम्मानित निर्णायक मण्डलसमक्ष व्यावसायिक प्रस्ताव प्रस्तुत गर्ने शैलीमा (पिच–शैली) प्रस्तुति दिँदै सुझाव र सम्भावित लगानीको अपेक्षा गरेका थिए।
यसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनुभव दिलाउँदै कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गरेको थियो।
कार्यक्रमको निर्णायक मण्डलमा बिर्गिट लियनहार्ट (संस्थापक, कार–मा कफी), विनी वज्राचार्य (संस्थापक, अबिर) तथा जीतेन्द्र रञ्जीत (संस्थापक, अवानी एडभर्टाइजिङ) जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो। उहाँहरूको अनुभव र सुझावहरूले विद्यार्थीहरूलाई दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक दृष्टिकोण प्रदान गर्यो।
कार्यक्रममा जम्मा ६ वटा नवप्रवर्तनशील व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिएका थिए:
· प्राकृतिक सामग्रीबाट बनेको मच्छर भगाउने मिस्ट
· फुरान्दाना आधारित स्वास्थ्यकर खाजा
· भेगन डेयरी विकल्प उत्पादन श्रृंखला
· परम्परागत ढाका कपडामा आधारित व्यवसाय
· नेपालका सातै प्रदेशका अचारलाई समेट्ने व्यवसाय
· दिगो काठजन्य उत्पादनमा आधारित व्यवसाय
यीमध्ये, ढाका कपडामा आधारित व्यवसाय ढाका फेसन परिधान (ढाकाकउचर) लाई 'सर्वोत्कृष्ट व्यावसायिक प्रस्ताव प्रस्तुति (बेस्ट पिच ओभरअल)' को उपाधिसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
जसले यसको उत्कृष्ट अवधारणा र कार्यान्वयनलाई मान्यता दिएको थियो।
जयससँगै, ढाका व्यवसाय र मच्छर भगाउने मिस्ट दुवैले निर्णायकहरूको विशेष ध्यान आकर्षित गर्यो।
ती अवधारणाहरूमा लगानी गर्ने वास्तविक चासो व्यक्त गरिएको थियो। भेगन डेयरी विकल्पले पनि कार–मा कफी का लागि सम्भावित आपूर्ति उत्पादनको रूपमा बलियो सम्भावना देखायो, जसले यसको बजारयोग्यता प्रमाणित गर्यो।
साथै, अचार व्यवसायले आफ्नो प्रभावशाली मार्केटिङ रणनीतिका कारण हाम्रो निर्णायक जीतेन्द्र रञ्जीतलाई विशेष रूपमा प्रभावित पार्यो।