नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उद्घाटन अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहले गरेका छन्।
हरमीत सिंह अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन्।
उनले एनपिएलमा सुदूरपश्चिम रोयल्सबाट पनि टी२० म्याच खेलेर उत्कृष्ट खेलाडीको रूपमा प्रदर्शन गरेका थिए।
नयाँ बानेश्वरमा अवस्थित नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउदै आएको युनिग्लोब कलेजले विद्यार्थीहरूको अध्ययनमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त क्रियाकलापको रूपमा खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ।
यस कलेजमा फुटसल, बास्केटबल खेल्ने मैदान सहित क्रिकेटलाई पनि प्रवर्धन गर्ने उद्देश्यले विद्यार्थीहरूलाई अभ्यास खेलको लागि उद्घाटन गरिएको हो।
नेपालमा दिन प्रतिदिन बढ्दो क्रिकेटको क्रेज तथा विद्यार्थीहरूमा खेलप्रतिको आकर्षणले यो सुविधाले विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्नेछ।
सन् २००९ मा स्थापना भएको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै प्रतिष्ठित शिक्षण संस्थामध्ये एक हो।
आधुनिक शिक्षण पद्धति, अनुभवी प्राध्यापक तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीका कारण युनिग्लोब कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको पनि उपस्थिति रहेको थियो।