मोटिफ एजुकेसन अब्रोडले विगतमा जस्तै ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्ने भएको छ।
मे २२ तारिख शुक्रबार नयाँ बानेश्वरस्थित मोटिफको कार्यालयमा हुने फेयर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
फेयरमा सहभागीमध्ये एक जना विद्यार्थीले लक्की ड्रमार्फत म्याक बूक जित्ने अवसर समेत पाउने मोटिफका संस्थापक उमेश पाण्डेले जानकारी दिए।
फेयरमा बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड लगायत मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।
शुक्रबारको कार्यक्रममा वैदेशिक अध्ययनमा जाने सोच बनाएका विद्यार्थीहरूले विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर समेत रहने पाण्डेको भनाइ छ।
फेयरमा सहभागी विद्यार्थीले कम शुल्कमा अध्ययन गर्न सकिने कलेजबारे जानकारी, अन-द-स्पट एडमिसन असिस्टेन्स, विशेषज्ञसँग वान-टु-वान काउन्सेलिङ, भिसा सपोर्ट सेवा तथा अध्ययन योजनासम्बन्धी मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। साथै आयोजकले विशेष उपहारसँगै गिभअवे कार्यक्रम पनि राखिएको जनाएको छ।
हाल नेपाली विद्यार्थीहरू उच्च शिक्षा, रोजगारी अवसर र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि विदेश अध्ययनतर्फ आकर्षित भइरहेका बेला यस्ता शैक्षिक मेलाले सही सूचना र तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको पाण्डेले बताए।
मोटिफ एजुकेशनका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइनमार्फत 'प्रि रजिस्ट्रेसन' गर्न सक्नेछन्।
आयोजकले विद्यार्थी तथा अभिभावकलाई समयमै रजिस्ट्रेसन गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
पाण्डेले यो फेयर एकदमै विशेष भएको र यसमा करीब ३ सयभन्दा बढी विद्यार्थीको सहभागीता रहने अपेक्षा गरिएको बताए।
सन् २००७ देखि विदेश अध्ययनसम्बन्धी सेवा दिँदै आएको मोटिफले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, कलेज छनोट, भिसा प्रक्रिया र करिअर मार्गदर्शनबारे प्रत्यक्ष परामर्श उपलब्ध गराउँदै आएको छ। गो ग्लोबल फेयर भने मोटिफले सन् २०२४ बाट सुरू गरेको हो। अहिले कम्पनीले तेस्रो संस्करणको ग्लोबल फेयर गर्न लागेको जनाएको छ।
मोटिफले आगामी साउन महिनासम्ममा आइएलइटिएस तथा पिटिई कक्षा लिनेमध्ये एक जनालाई पनि लक्की ड्रमार्फत म्याकबूक दिने अफर ल्याएको छ।