सामसङ नेपालले सामसङ सेभिङ डेजको अफर घोषणा गरेको छ।
२१ मे देखि होम अप्लायन्समा २३ प्रतिशत सम्म छुट र २४ महिनासम्म इएमआईमार्फत फाइनान्स गर्न सक्ने अफर ल्याएको हो।
वासिङ मेशिन र रेफ्रिजरेटरमा उक्त अफर ल्याएको हो। यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो।
यो अफर १९ जुलाईसम्म लागु हुनेछ।
कम्पनीका अनुसार वासिङ मेसिनमा २३ प्रतिशतसम्मको र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मको छुट दिन लागेको हो।
साथै, २४ महिनासम्मको इएमआईमार्फत वासिङ मेसिनमा मासिक १३७०रुपैयाँदेखि र रेफ्रिजरेटरको किस्ता मासिक १,४०८ देखि सुरू हुन्छ।
