पठाओ नेपालले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत हेरचाह सामग्रीमा आकर्षक छुट सहित ‘ब्युटी मेला’ सुरू गरेको छ।
कम्पनीका अनुसार यो मेला जुन १६ देखि २१ दिनसम्म सञ्चालन हुनेछ।
मेला अवधिभर ग्राहकहरूले पठाओ बजारमार्फत सौन्दर्य सामग्री, स्किनकेयर, मेकअप तथा व्यक्तिगत हेरचाह सम्बन्धी विभिन्न उत्पादनमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
पठाओ बजारमा उपलब्ध विभिन्न ब्रान्डका उत्पादनहरूमा फरक–फरक छुट तथा विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ।
‘ब्युटी मेला’ अभियानमार्फत ग्राहकहरूले दैनिक प्रयोगमा आउने व्यक्तिगत हेरचाहका सामग्रीदेखि सौन्दर्य प्रसाधनका अत्यावश्यक उत्पादनहरू सहज रूपमा अर्डर गर्न सक्नेछन् ।
कम्पनीका अनुसार इन्स्ट्यान्ट डेलिभरी सेवा पठाओ बजारको प्रमुख आकर्षणमध्ये एक हो। यस सेवामार्फत ग्राहकहरूले आफूलाई आवश्यक सौन्दर्य तथा व्यक्तिगत हेरचाहका सामग्री छिटो, सहज र भरपर्दो रूपमा घरमै प्राप्त गर्न सक्नेछन्।
पठाओ नेपालले आफ्नो बजार सेवामार्फत दैनिक आवश्यक उपभोग्य सामग्री, सौन्दर्य सामग्री तथा व्यक्तिगत हेरचाहका उत्पादनहरू ग्राहकसम्म छिटो र सहज रूपमा पुर्याउने उद्देश्य राखेको जनाएको छ।
कम्पनीका अनुसार ‘ब्युटी मेला’ले ग्राहकलाई सुविधाजनक किनमेलको अनुभव प्रदान गर्नुका साथै विभिन्न ब्रान्डका उत्पादनहरूमा आकर्षक छुटको अवसर उपलब्ध गराउनेछ।
साथै, आगामी दिनमा पनि पठाओ बजारमार्फत यस्तै अभियान सञ्चालन गर्दै ग्राहकलाई थप मूल्य, सुविधा तथा आकर्षक अफर उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ।