नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ।
नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरू भएको छ।
यसै सन्दर्भमा द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच 'स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६' का लागि एक रणनीतिक सम्झौता सम्पन्न भएको छ।
यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको 'स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर' को रूपमा रहनेछ।
उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रा.लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरे।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान रहेको बताइएको छ।
देशव्यापी नवप्रवर्तन र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौं उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ |
नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू सञ्चालन गरिनेछ।
नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिने बताइएको छ।
नवप्रवर्तनकारी आइडियाहरूलाई पुँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ।