चर्चित सेफ सन्तोष शाहद्वारा सञ्चालित ललितपुरको झम्सीखेलस्थित मिथिला थालीमा २५ वटा नयाँ परिकार थप भएका छन्।
ग्राहकको बदलिँदो रूचिलाई ध्यानमा राख्दै रेष्टुरेन्टले भारतीय र अमेरिकन स्वादका नयाँ परिकार मेनुमा समावेश गरेको हो।
नयाँ मेनुमा होल रोहु फिस, तन्दुरी चिकेन, चिकेन टिक्का, दाल मखनी, अमेरिकन बार–बी–क्यू चिकेन लगायत २५ देखि ३० वटा नयाँ परिकार समावेश गरिएको सेफ शाहले बताए।
योसँगै झम्सीखेल शाखामा अब ग्राहकहरूले परम्परागत नेपाली तथा मिथिला स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सक्नेछन्।
नयाँ मेनु सार्वजनिक गर्न बुधबार आयोजित ‘न्यू मेनु टेस्टिङ’ कार्यक्रममा सेफ शाह स्वयंले विभिन्न नयाँ परिकार तयार गरी पाहुनालाई चखाए।
सबै परिकार चारकोल तन्दुरमा तयार गरिने भएकाले ग्राहकले अझ उत्कृष्ट फ्लेभर अनुभव गर्न सक्ने उनले बताए।
निकट भविष्यमा ट्रेन्डिङ परिकारका रूपमा अक्टोपस पनि मेनुमा समावेश गर्ने तयारी रहेको उनले सुनाए।
रेस्टुरेन्टले यसअघि लोकप्रिय रहेका मिथिला थाली, जनकपुर थाली तथा विभिन्न मौलिक माछाका परिकारलाई निरन्तरता दिएको छ।
विशेषगरी गैँची र झिङ्गा माछाका परिकार एवं तावा फिस मिथिला थालीको प्रमुख आकर्षणका रूपमा छन्।
हाल मिथिला थाली काठमाडौंको गौशाला, ललितपुरको झम्सीखेल, जनकपुर र विराटनगरमा सञ्चालनमा छ। यसबाहेक वीरगञ्ज, इटहरीलगायत विभिन्न सहरमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारी समेत रहेको सेफ शाहले जानकारी दिए।
तस्बिरहरू:
-1785936918.jpg)
-1785936917.jpg)
-1785936917.jpg)
-1785936915.jpg)
-1785936915.jpg)
-1785936917.jpg)
-1785936916.jpg)
-1785936916.jpg)
-1785936916.jpg)
-1785936915.jpg)
-1785936914.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी