चीनको शाङ्हाईमा व्यवसाय गर्दै आएका राजनारायण साहले भोटेकोशी बाढी पीडितलाई राहत सहयोग स्वरुप तीस लाख रूपैयाँ नगद सहयोग गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटपछि साहले अर्थमन्त्री वाग्लेलाई तीस लाख रूपैयाँको चेक हस्तान्तरण गरे।
नेपालमा भएको प्राकृतिक विपत्तिका बेला उनले सहयोग उपलब्ध गर्दै आएका छन्।
११ वर्ष अगाडि गएको भूकम्पको समयमा पनि उनले नेपाल सरकारलाई नगद तथा जिन्सी सहयोग उपलब्ध गराएका थिए।
कोभिड महामारीमा पनि उनले ४० लाख रूपैयाँ बराबरको अक्सिजन कन्सनट्रेटर लगायतका सामग्री बेइजिङस्थित नेपाली दूतावासमार्फत स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेका थिए।