Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

घाम

Royal Enfield
Royal Enfield

समर्पण श्री

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Ncell

Ncell

अकस्मात् परेको पानीले दोस्रो दिनसम्म पनि जमिन भिजेको थियो। बिस्तारै कुहिरो छिचोल्दै घाम आँगनमा ओर्लियो। म घामको स्वागत गर्न आँगनछेउमा मुढा लिएर बसेँ। मेरो छेउमै हुनुहुन्छ बयासी वर्षका मेरा हजुरबा। उहाँ घामकै पर्खाइमा हुनुहुन्थ्यो।

यतिबेला मेरो ज्याकेटको बगलिभित्र घाम लुकेर बसेको छ। आहा! कति न्यानो घाम, मलाई घाम न्यानो लागिरहेछ । यति प्यारो त धेरै समयपछि भेटिएकी प्रेमिका मात्र हुन्छे। त्यसैले हिजोदेखि नभेटिएको घाम आज प्रेमिका जतिकै प्यारो छ। मानुँ कि मैले घामलाई प्रेमिका ठानिरहेँ। यसवेला हजुरबाले घामलाई के ठानिरहनुएको होला? सोधूँजस्तो लाग्यो तर सोध्न उचित थिएन। मनमा कुराहरू खेलिरहे। यसैबीच कवि हरिभक्त कटुवालको कविताको अशं याद आयो–

पर्ख एउटा अनागत दिनसम्म...
हाम्रै खप्परबाट पनि उदाउने छ
एउटा तेजिलो सूर्य 

कवि हरिभक्त कटुवालले घामकै पर्खाईमा कोरेको हुन् कि यो कविता ! जीवनमा घाम निकै प्रिय हुनेरहेछ। त्यसैले मैले घामको अनुहार हेर्न खोजेँ। यसवेला भने घाम हजुरबाको अनुहारमा टाँसिएको थियो। उहाँ हाँस्दै मसँग बोल्नुभयो। धेरै दिनपछि नाति मसँग छ भनेर उहाँ खुसी हुनुभयो होला। त्यसैले मुस्कुराउँदै सोध्नुभयो– बस्छस् होला नि दुईचार दिन?’

खै ! आजमात्र बस्छुहोला। आजमात्र भन्ने शब्दले उहाँलाई पिरोलेछ क्यार एकछिन मलिन हुनुभयो, त्यतिवेला घाम आँगनबाट अलि पर पुगेको थियो। मलाई अलिकति चिसो महशुस भयो।

अचानक हजुरबाको मुहारबाट घाम किन विलय भयो? सायद हजुरबाको निम्ति मेरो उपस्थति घाम जतिकै प्यारो हुनपर्छ। म सोच्दै थिएँ, हजुरबाले मसिनो स्वरमा भन्नुभयो, ‘अलिक दुई चार दिन बस्छन् होला भन्ठानेको, लु त काम पनि त विगार्नु भएन। राम्रै गर्नु।’ हजुरबाका शब्दले म नतमस्तक भएँ। उहाँलाई मेरो कति धेरै चिन्ता छ। म मनमनै पुलकित पनि भएँ। हजुरबा प्रेम देखाउनुहुन्न , दर्शाउनुहुन्छ। जुन प्रेम मेरो निम्ति निकै अमूल्य छ।

रात परेपछि सूर्य अस्तायो, अर्थात सूर्य अस्ताएपछि रात पर्न थाल्यो। साँझमा यसो हेरेँ, घामको डोबसमेत पनि छैन। सूर्य निभेपछि घामपनि हराउने रहेछ। घाम भएन भने जीवनमा न्यानो कसरी हुन्छ ? त्यसैले जीवनमा घामको ठूलो महत्त्व छ। आमाले साँझको वत्ती (दियोबत्ती) बाल्नुभयो। आजकाल गाउँमा लोडसेडिङ हुन थालेको छ। बलिरहेको दियोको उज्यालोमा आमा घरधन्दा र भान्साको काम गर्नुहुन्छ।

यतिवेला घाम कहाँ छ? मलाई खोज्न मन लाग्यो। मैले दियोको उज्यालोमा हेरेँ। अचानक चिसो हावाको झोँकाले बलिरहेको दियो निभिदियो। आमा भुन्भुनाउँदै सलाई खोज्न हिँड्नुभयो, तर म भने अँधेरोमा घाम खोज्न हिँडे।

मोबाइलको टर्चलाइट बालेर भर्याङ उक्लिएपछि माथि आएर खाटमा पल्टिएँ। फुर्सदमा पनि केही लेख्न सकिनँ भनेर छट्पटी भइरहेको वेला केही लेखूँ कि जस्तोपनि लाग्यो। तर यतिकै लेख्न  कहाँ सजिलो छ र! लेख्न भनेर तयारी पोजिसनमा त बसेँ, तर शब्दहरू कला हुन्, कलालाई सजाउन त कला नै चाहिन्छ। सजिलो गरी लेख्न पनि त्यति सजिलो छैन।

मनमा कुरा मात्र खेले, विचारहरू खेलेनन्। लेख्न बस्दा पीडाहरूमात्र सम्झन्छु। अफिसको बासी ह्याङओभर दिमागबाट हट्न सकेको छैन। उता लेखिन भनेर साथीको दबाब छ। यो अँधेरोमा टर्चबत्तीले मात्र मेरो अनुहारमा उज्यालो भर्न सकेन जस्तो छ, लाग्यो कि अझै अँध्यारोमा रूमल्लिरहेको छु। भर्खरै विजुली फिर्ता भयो, कोठा झलमल्ल बल्यो। तर चिन्ताहरू लाम लागेर बसेका छन्– निधारमा।

अनुहार उज्यालो हुनै सकेन। म घाम खोज्न थालेँ तर कतै भेट्न सकिनँ। किनकि मेरो अनुहारबाट उज्यालो हराएको थियो। मलाई लाग्यो घामबिना अनुहार बल्नै सक्दैन।

लेख्छु भन्दै गर्दा भान्सा कोठाबाट आमाको आवाज आयो, ‘बाबु, आइज खाना खान, फेरी सेलाएर हिउँ हुन्छ।’ हो त , खाना हिउँ जस्तो हुन्छ। पुस–माघमा ठण्डी अत्यधिक हुन्छ। चिसोको आक्रमणबाट जोगिनपर्ने समय छ अहिले। उसो त हिजो घाम नलागेर नुहाउन पनि त सकिनँ।

खाना खाएपछि उसैगरी ओछ्यानमा पल्टिएँ। पल्टेर पुराना गीतहरू सुन्न थालेँ। पुराना गीत पुराना यादसँग जोडिएर आउँछन्। जब कि विछोड भैसकेकी पुरानो प्रेमिका आँखाभरी नाचेर आउँछे। म नमज्जाले छट्पटाउन थाल्छु। मोबाइलमा भने गीत बजिनैरहन्छ–

‘कहिले माया घामजस्तै, कहिले माया जुनजस्तै
कहिले माया बरालिने बैरागीको मनजस्तै ’
गीतमा त अथाह जादु छ, मायामा जस्तै। त्यस्तै जादु त घाममा पनि छ। अहो ! माया घामजस्तो मात्रै भइदिएको भए मेरो मन यतिविघ्न चिसो हुने थिएन। हो, घाम भनेको जीवन  हो ,जीवनको सर्वाङ्ग खुसी नै पो हो क्यारे! त्यसैले मलाई घामबारे केही लेखूँलेखूँ लाग्यो।

जीवनमा खुसी हुनका लागि दुःखबाट विजयी हुनुपर्छ। विजयको उत्सव मनाउँदा अनुहारमा देखिने भाव नै खुसी हो। खुसीले मनमा आत्मसन्तुष्टी दिन्छ, त्यो सन्तुष्टी नै मेरो निम्ति उज्यालो घाम हो। कवि हरिभक्तले पनि त्यही खुसीलाई तेजिलो सूर्य भनेको हुनुपर्छ सायद।

जीवन बिम्बहरूको पाना हो। जताततै बिम्बहरू पोखिएका छन् जीवनमा! म लेखक हुँ कि भन्ने कुरा, लेखेर आत्मसन्तुष्टी मिलेपछि मात्र हुन्छ। आत्मसन्तुष्टी नमिलेसम्म म लेखक हुदिनँ। लेख्नेबेलामा जीवनको बिम्बहरू खोतल्छु। तर बिम्बहरूको सजावट गर्न ठूलै कसरत गर्नुपर्छ। जहाँसम्म कि बिम्बले मात्र अक्षरको न्याय गराउनु छ।

मलाई कहिलेकाहीँ चिन्ता लाग्छ कि यदि मैले अक्षरको न्याय गराउन सकिन भने समाजमा घाम कसरी लाग्छ ? घाम पर्खनको लागि याम पर्खनुपर्छ। पर्खंदापर्खंदै घामै नभेटि नै जीवनमा अन्तिम पूर्णविराम लाग्नसक्छ। घामको अनुहार कस्तो हुन्छ? अँधेरोमा जीवन बाँचेकाहरूकोे प्रश्न मेटाउनु पनि मेरो कर्तब्यभित्र पर्नुपर्छ।

सायद तपाइ घामलाई घाममात्र ठान्नुहोला। तर म भने घामलाई जीवनकोे बिम्ब ठान्दछु। ताकि मैले नै घामको बिम्ब चोरेर कविता पोतिदिन सकूँ, घामको उज्यालो चोरेर उदासी अनुहारहरू उज्यालो पार्न सकूँ। ताकि मेरो निम्ति घाम प्रजातन्त्र पनि हुनसक्छ। धेरै दिनपछि बादलको पर्दा च्यातेर झुल्कने घामको पहेँलो किरण मेरो निम्ति गणतन्त्र पनि हुनसक्छ। मेरो निम्ति घाम त उही आँगनछेउमा घमाइलो घाम तापेर बस्ने हजुरबाको उज्यालो चेहरा पनि हुनसक्छ। मेरो निम्ति घाम सपना हुनसक्छ, घाम बाटो हुनसक्छ, घाम प्रेम हुनसक्छ। मेरा निम्ति खुसीका प्रत्येक क्षणहरु नै घामका पर्याय हुनसक्छन्। जे होस् घाम यी  र यस्तैयस्तै धेरै हुनसक्छ। त्यसैले त म घामलाई बडो प्रेम गर्छु।

रात गहिरो निद्रामा अल्झिसक्यो। भोलि पूर्वबाट उदाउने विहानी घामको प्रतिक्षा गर्दै अहिलेलाई भने म निदाउने तरखर गर्छु। ताकि  अब मेरा सपनाहरू बिहानी–किरणसँगै फूलिदिन सुरू गर्नेछन्।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  १२:१७
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP