हो
म शब्दविहीन थिएँ,
स्कुले शब्दकोश
कच्चा थियो,
शैशवि शब्दभण्डारनै
पर्याप्त थियो मलाई
म त्यसको
पुच्छर समात्थेँ
र त्यसको गतिमा नै
अगाडि बढेँ
अनायसै , एक साझँ
पृथ्वी आफ्नै चक्करमा काटिरहँदा
ध्वनि र वायुको
वेलगामी तरङग
आमन्त्रण गर्छ मलाई
शब्दहरूको खेल
महासंग्राम
२
म मैान छु।
शान्त छु
सायद भण्डार रितो हुँदै छ,
आमन्त्रण स्वीकार पछिको रात
सपनीमा
शब्दहरू थुप्रे र
हेर्दाहेर्दै शब्दको सगरमाथा खडा भयो ।
र निमेशमै ढल्यो
शब्दहरू तैरीय हावामा
र छरिए
कुना कुना समाजमा
तिन्को नाडी छामी
फर्किए म र
कानेखुसि गरे
शब्दको उलटपुलट सुरू भयो
एक संग्राम जीवनको ।
३
सायद
समय अन्तरालमा
म शब्दहरूको महल ठड्याउँछु
सिंगार्छु शब्दहरूले भुईं र भित्ताहरू
प्रत्येक पल
खेल्छु शब्दसँग एक युद्ध
तर्क वितर्क गर्दै
स्नायुको घर्षणमा
झिल्का बल्छ ।
बनाउँछु एक समाज
उच्च तार्किकताको
चाहे जे सुकै होस्
शब्दहरू ओकल्छु
आफ्नै शैलीमा
जित्ने र जिताउने मनोभावमा
सफलताको शिखर चड्न
शब्दहरूको भर्याङ
चड्नु र ओर्लनु
शेष समयमा ।।