मेलम्ची, अब त अति भाे
तिमी छिट्टै अाउ है
हामी तिम्रो बाटाे कुरिरहेछाैँ ।
मेलम्ची, तिमी वर्षाैँ हराउँदा
हामीले ठान्याैँ-
तिमी अब अाउन्नाै,
तिमी अब फर्किन्नाै
तिम्रो "देह" नाश भइसक्यो ।
तर
सहरमा एकाएक तिमी बाैरिएकाे,
तिमी मृत्युशैय्याबाट ब्युँझेकाे
खबर तरङगित भयाे
हामी अाल्हादित भयौं
र भन्यौं -
मेलम्ची अब तिमी
बाटो नभुलिकन चाँडो अाउ है ।
तिमी नअाएरै हाे
हामीले कति दुख झेल्याैँ
कति कहर काट्याैँ
गाग्रा, बाल्टिन र जर्किन बाेकेर
रातविरात कति दगुर्याै,
कति निद्रा खेर फाल्याैँ
त्यसैले तिमी चाँडो अाउ
र
हाम्रो दुख निवारण गर ।
मैले सुनेथेँ-मेलम्ची तिमी
अाउँदै गर्दा
तिम्रो सुन्दरता देखेर
तिमीलाई
ठेकेदारहरूले अपहरण गरे,
कामदारहरूले हडताल गरे
तिमीलेअनेकौं हन्डर खायाै,
तिमीले ठक्कर खायाै
कतै सुरुङमा अड्कियाै,
कतै डाँडामा थुनियाै,
कतै चट्टानमा राेकियाै
पन्चमीकाे पाइला गरेर
तिमी देर अाउ
तर पनि दुरुस्त अाउ है।
मेलम्ची, तिमी अाउँदा
बाटोमा पसेर याङरी साथ लिएर अाउ,
लार्केलाई पिठ्युँमा बाेकेर
"ठूली" बनेर अाउ
तिमी "सुन्दरी""जल "भएर अाउ
महाँकाल भएर अाउ,
सिन्धु र गाेकर्ण बगेर अाउ
हाम्रा सुकेका अाँतहरुलाई,
हाम्रा धमिलिएका मनहरुलाई,
हाम्रा कलुषित तनहरुलाई,
धूलाे र मैलोले कट्कटिएका
वस्त्रहरुलाई,
सडकहरुलाई
पखाल्ने गरेर अाउ
हामी काकाकुलहरु,
हामी प्यासीहरु
राताे कार्पेट बिछ्याएर
तिम्रो स्वागतार्थ पंक्तिबद्ध
भएर उभिरहेछाैँ
उभिरहेछाैँ ।
हाल: वाेस्टन, अमेरिका