आमा, म बाँच्न चाहन्छु
खितका छोडी हाँस्न चाहन्छु
फूल जस्तै कोमल भन्छौं मलाई
कोपिलामै चुढिन् नदेउ आमा
बाबा म बढेर ठूलो हुन चाहन्छु
ती साना बिरूवाझै झंरक्षण गरिदेऊ
मलाई लुछी लुछी फाल्न नदेऊ
मेरी आमा मलाई कखरा सँगै
आफ्नो जीवन रक्षा गर्ने कला सिकाईदेउ
किताब कलम बोकी विद्यालय त पठाउँछ्यौं आमा,
खै म कसरी सिकौं आफ्नो रक्षा गर्न
बाटोमै मलाई लुछी मारिदिनछन् कि?
मेरा गुरू, गुरूआमा
ती कठीन ज्ञानसँगै
मलाई आफ्नो आत्मरक्षाको लागि
जीवन बाच्ने कला सिकाईदेऊ
ती नरपशुहरूसँग लड्ने क्षमताको विकास गराइदेउ
आमा मलाई यी अनेकौ संस्कार सँगै
त्यस्तो संस्कार पनि देऊ
ताकि म आफ्नो अस्तित्वको रक्षा आफैं गर्न सकूँ
आमा म बाँच्न चाहन्छु।
म बगैंचामा ढुक्कसँग खेल्न चाहन्छु
आफ्नो बालापनको आनन्द लिन चाहन्छु
आमा, म बाँच्न चाहन्छु।