कादमबिनी उनको नाम
आजकल हराएकी
डिल मुनीको पिपल बोटमा बास्ने
सबेरीमा कहु कुहु गर्ने
मौसमको ख्याल नै नगरी
मेरो बरन्डामा आऊनुपर्ने
आजकल हराए की
यो मस्त बिहानीलाई स्वागत गर्ने
हर एकको मन नै चोरर लाने
एक वर्श देखि घूमिरहेकी
त्यो पीपल बोटमा गुड लगाएकी
कैयन हुरी बतास खपेकी
सूरिलो कुहुँ कुहुँ गर्न नबिर्सेकी
आजकल हराएकी
यो भौगोलिक जनजालमा
अस्त व्यस्त यो बतावरणमा
खोई के को हो उसलाई डर
भोका नांगा मात्र यहाँ
छैन एक पानी अन्न उसलाई यहाँ
शिकारी मात्र वरीपरी
खान्छन् की आफैंलाई भनी
कुहुँकुहुँ नै गर्न बिर्सेकी
आजकल हराएकी
कादम्बीनी
युग बदलीदै गए
हर एकका चरित्र बदलिए
इर्श्यालु ती नज़र बडे
स्वार्थ ती चाल चले
नक्कली कुहुँ कुहुँ निस्किए
ऊ आफ्नो अस्तत्व जोगाउन
ऊ कतै सफा संसारको खोजीमा
ऊ आजकल हराएकी
मेरी कादम्बिनी