एउटा असफलता तिम्रो त्याग होइन
त्यसलाई सिँढी बनाऊ
जति तिमी लड्छौ त्यति तिमी उठ
एउटा स्वर्णिम चामत्कार बनेर देखाऊ।
भेटिन्छन् बिच बाटोमा अनगिन्ती काँडाहरू
पन्छाउँदै हिँड नसके कुल्चिएर हिँड
त्यही एउटा काँडाले पछि तिम्रो स्वरूप फेर्नेछ
तिमीलाई एउटा निस्पस्ट अन्धकारको दिप बनाउनेछ।
घमन्डी होइन एउटा भिक्षुझै ज्ञान लेऊ
जति ज्ञान पाउँछौ उति अरूलाई नि देऊ
तिम्रो दानवानले तिमीलाई एउटा मणि बनाउनेछ
जुन मणिलाई चिन्न यो दुनियाँ भौतारिनेछ।
हरेश, हिनताबोध, अल्छि तिम्रा सत्रु जुन
सक्छौ भने सधैं टाढा बस
नसके आफूलाई टाढा रहन नियन्त्रित गर
तिम्रो यो प्रयासले तिमीलाई प्रगतिशील बनाउनेछ।
विश्वास अरूमा होइन आफूमा राख
तिम्रो जीवनको चालक तिमी हौ सम्बेदनशील भएर अघि बढ
यो पापी दुनियाँमा दुर्घटना गराउने तत्व धेरै छन्
हिम्मत राखेर अघि सर अवस्य तिमिले जित्नेछौ।
जीवनलाई फुलाउने र सुगन्ध फैलाउने तिमी आफैंमा भर पर्छ
त्यसैले जीवनको फूलबारिमा सुन्दर फूल फुलाऊ
त्यही सुगन्धले दुनियाँ नि फुल्न सकोस्।