आँखाले हर्न बर्जित दुनियाँमा,
लुकी लुकी तिमिले कानले चिहाउन थाल्यौ।
तिम्रा प्रेमका मिठास सुगन्धहरु,
भावनाका पर्खाल तोडी फिँजाउन थाल्यौ।।
त्यही दिनदेखि मेरा ह्दयका कवज फुटे,
मेरा भावनाका अखडामा तिमीले डेरा जमाउन थाल्यौ।।।
सयपत्री गोड्ने तिम्रा कल्पनाका मालीहरू,
ढुंगाको प्रशंसा गर्दै माटोको चित्र कोर्न थाल्यौ।
चोटले रञ्जित भएका तिम्रा सोचका गाडीहरू,
सयनमा गोरेटो नाप्दै रात्रीमा ताराहरु बोकाउन थाल्यौ।।
त्यही दिनदेखि मेरा आत्मामा भंगालाहरु फुटे,
मेरो चाहानाका भकारीमा तिमिले डेरा जमाउन थाल्यौ।।।