म शरीर हुँ
तर यहाँ
मुटुको चाल रोकिएको छैन
जीवनको चाल रोकिएको छैन
हो त्यसैले
दृढ आत्मविश्वासमा बाँचौ
म आत्मा हुँ
तर यहाँ
मनको चाल रोकिएको छैन
ध्यानको चाल रोकिएको छैन
हो त्यसैले
मनको शान्तिलाई पूजा गरौँ
म गाडी हुँ
तर यहाँ
यात्रुको चाल रोकिएको छैन
गन्तव्यको चाल रोकिएको छैन
हो त्यसैले
धैर्यताको बाटो रोजौँ
म घर हुँ
तर यहाँ
श्रीमति श्रीमानको चाल रोकिएको छैन
छोराछोरीको चाल रोकिएको छैन
हो त्यसैले
बलियो सम्बन्ध विकास गरौँ
म सेवा हुँ
तर यहाँ
मालिकको चाल रोकिएको छैन
कामदारको चाल रोकिएको छैन
हो त्यसैले
कामको उच्च सम्मान गरौँ
म जनता हुँ
तर यहाँ
राजनीतिको चाल रोकिएको छैन
नेताको चाल रोकिएको छैन
हो त्यसैले
सधैँ बौद्धिक नेतृत्व रोजौँ
म शिक्षा हुँ
तर यहाँ
शिक्षकको चाल रोकिएको छैन
विद्यार्थीको चाल रोकिएको छैन
हो त्यसैले
प्रविधियुक्त शिक्षण विधि रोजौँ
म अस्पताल हुँ
तर यहाँ
डाक्टरनर्सको चाल रोकिएको छैन
बिरामीको चाल रोकिएको छैन
हो त्यसैले
एकअर्कामा माया र सम्मान गरौँ
म कार्यालय हुँ
तर यहाँ
कर्मचारीको चाल रोकिएको छैन
सेवाग्राहिको चाल रोकिएको छैन
हो त्यसैले
पारदर्शिताको सेवा बाडौँ
म गाउँ हुँ
तर यहाँ
छिमेकिको चाल रोकिएको छैन
सामाजिक चाल रोकिएको छैन
हो त्यसैले
सकारात्मक सन्देश बाडौँ
म रेमिट्यान्स हुँ
तर यहाँ
परदेशिको चाल रोकिएको छैन
स्वदेशिको चाल रोकिएको छैन
हो त्यसैले
ईज्जतको उच्च कदर गरौँ
म मनोरन्जन हुँ
तर यहाँ
गायकको चाल रोकिएको छैन
श्रोता दर्शकको चाल रोकिएको छैन
हो त्यसैले
मौलिक र संस्कृतिलाई जोगाऔँ
म पीडित हुँ
तर यहाँ
सुरक्षाको चाल रोकिएको छैन
अपराधिको चाल रोकिएको छैन
हो त्यसैले
कानुनको बाटोमा सधैँ हिँडौ
म पैसा हुँ
तर यहाँ
व्यापारीको चाल रोकिएको छैन
ग्राहकको चाल रोकिएको छैन
हो त्यसैले
बचत बानीको विकास गरौँ
म उत्पादन हुँ
तर यहाँ
किसानको चाल रोकिएको छैन
उपभोक्ताको चाल रोकिएको छैन
हो त्यसैले
परिश्रमको उच्च मूल्य राखौँ