उद्धेश्य हो या स्वप्न थाहा छैन
आउँछन् मनमा सँधै तर्क वितर्कहरु
भन्छन् अन्य छोड्दे सवै कूराहरु
सून्नू पर्छ आफ्नो दिलको आवाज।
भन्छन् सबै बिर्सी पूराना कूराहरू
आइरहन्छन् स्मृतिमा पटक पटक
टाढावाट कूनै आवाजले बोलाउँछ
मन र तन तेतै कूलेलाम ठोक्छ।
छिनमै एउटा बन्धनमा बाँधिन्छ
फेरि टाढाबाट आवाजले बोलाउँछ
मन फेरि त्यतै दौडमा होमिन्छ
यता र उता गर्दै थाकेछ क्यारे।
जब अन्जान चिन्ता र भयले सताउँछ
त्यतिनै वेला एक आवाजले बोलाउँछ
फेरि सबै छोडेर उतै दौडन्छ मन
कोही रूँधै थिए कोही धिक्कार्दै थिए।
धन र दौलतको कमी थिएन त्यहाँ
तर मृत्युलाई उसले जित्न सकेन
अवत मन र तन पनि थाकेछ क्यारे
कमाउँने दौड त्यागेर लिएछ विश्राम।