बढ्यौ एक्लै तिमी हटायौ बेथिती प्राधिकरणको!
देखायौ यहाँ गर्यौ राम्रो काम पहिलो चरणको!!
चुहावट रोकि व्यवस्थित गरि हटायौ लोडसेडिङ!
देखायौ अठोट परिणाममुखि आफैंले गरि हेडिङ!!
आयौ कुलमान तिमी बनि प्रकाश सबैको घर घर!
बिचौलियाहरू ठेगान लगायौ अहिले छन् निकै पर!!
सम्भव के हुँदैन भनि काम गरि तिमीले देखायौ!
नेपाली मनमा बसेर तिमी स्वर्णाक्षर लेखायौ !!
गर्दैछन् बहाना फेरि पनि लोडसेडिङ गराउनको लागि!
आउनेछन लोभ देखाउन तिमिलाई फेरि समय मागि!!
यदा कदा सुनिन्छ अहिले फेरि गर्न थाले अरे हर्कत!
सिकाउनेछन राम्रो पाठ तिनलाई फेरि यता फर्कत !!
खान खोज्छन कमिसन पाखण्डिहरूले फेरि दुःख दिएर !
आउनेछन ठिक पार्न नेपाली जनता हातमा लौरो लिएर!!
पढेँ अखबारमा फेरि माफिया सलवलाउन थाले अरे!
पाईन्छ स्यावासी मनले सबैको सधै राम्रो काम गरे!!
राधाले गरिन् प्रयास तिमीलाई हटाउन त्यहाँदेखि!
राम्रो गरि जाने हो कुलमान प्राधिकरणमा नाम लेखि!!
ऐरे गैरे धुपौरेहरू लाग्नेछन् तिमीलाई पाखा लगाउन!
जित्यौ नेपाली मन तिमीले जानेका छौं आशा जगाउन !!
राज्य बन्छ किन यति निरिह दिन्छ किन सलबलाउन !
उठी सबै नेपाली अघि बढ्नुपर्छ यीनलाई तह लगाउन!!
लाग्यौं निरन्तर हटायौं लोडसेडिङ स्वार्थको पछि परेनौं!
राजनीति के हो नातावाद के हो हेक्का कहिल्यै गरेनौं!!
धेरै आए बनि हाकिम यहाँ केही नगरि बिदा भए गुमनाम!
जित्यौं मन आम नेपालीको लेख्नेछौ इतिहासमा नाम!!
तारा प्रसाद फुल्लेल