Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सीमाना

निरज अनुपम

निरज अनुपम

कविताः 

 

 

 

जीवित ऊ मानिसको

जीवन रेखा कोरिएको छ

थोरै भाग्य लेखिएको छ

जगत निर्दिष्ट गरिएको छ

निश्चित नियम तोकिएको छ

तर पनि

कर्मको सीमाना रोकिएको छैन

 

सर्वश्रेष्ठ ऊ प्राणी

काल्पनिक सकंल्पहरू कोरिरहन्छ

मनलोकका भावहरू पोखिरहन्छ

आशाका नदीहरू बगाइरहन्छ

रित्तो सपनाहरू बुनिरहन्छ

तर पनि

दृढ प्रतिज्ञाको सीमाना कोरिएको छैन

 

पृथ्वीको ऊ पाहुना

खान मिल्ने सबै खाइदिन्छ

धन सञ्चय गर्न मगनमस्त छ

प्रशन्नताको तृप्ति खोज्न लिप्त छ

गौरवशाली जीवननिर्वाहको खोजीमा छ

तर अझै पनि

सन्तुलित जीवनको सीमाना भेटिएको छैन

स्वतन्त्र ऊ सत्ता

सम्पूर्ण शासन चलाउन तम्सिन्छ

सम्बन्धहरू बृहत्त बनाउन चाहन्छ

नेतृत्व सम्हाल्न हुटहुटिन खोज्छ 

स्याबासीको आशा सदाकाल गर्छ

तर पनि

अभिलाषा नियन्त्रण गर्ने सीमाना रोजिएको छैन

 

हो त्यसैले

सुख सन्तुष्टिको सीमाना पहिल्याऔं

कर्मक्षेत्रको सीमाना तोकौं

प्रतिबद्धताको सीमाना कोरौं

श्रीसम्पत्तिको सीमाना किटाऔं

भोजनको सीमाना रोजौं

अनि हराएको

खुसीयाली जीवनको सीमाना अवश्य भेटिनेछ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:३१
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP