Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

हाम्रो जीवन बाँकी छँदै

Royal Enfield
Royal Enfield
एदुआर्द आसादोभ (भावानुवाद: जुगल भुर्तेल)

एदुआर्द आसादोभ (भावानुवाद: जुगल भुर्तेल)

gibl
gibl
gibl
gibl
जुगल भुर्तेल
जुगल भुर्तेल
Tata box 1
Tata box 1

रूसी कविताको नेपालीकरण गर्ने क्रममा यो दोस्रो भावानुवाद लिएर आएको छु।

यो रचना रुसका लोकप्रिय कवि एदुआर्द आसादोभद्वारा लिखित 'पाका म्वी झिवी' शीर्षकको कवितामा आधारित छ।

यो सुन्दर कविताले जिन्दगीको भागदौडमा छुटेका, उपेक्षित भएका वा यदाकदा अपमानित भएका मानवीय सम्बन्धहरूबारे हामीलाई सचेत गराउने प्रयास गरेको छ:

 

हाम्रो जीवन बाँकी छँदै

सकिन्छ प्रायश्चित गर्न

महशुस गर्न, याचना गर्न

विगतका गल्ती सुधार्न

नगर्न उपेक्षा प्रियजनलाई,

Ncell
Ncell

रुखो स्वभावले नतर्साउन

छुटेको पुरानो साथीलाई

सकिन्छ फेरि फर्काउन

हाम्रो जीवन बाँकी छँदै

फर्केर पछाडि हेर्न सकिन्छ

भट्किएर छुटेको बाटोलाई

टाढैबाट देख्न सकिन्छ

दु:स्वप्नबाट ब्युँझिएर

आफैंलाई भेट्न सकिन्छ

रसातलको डिलमै पुगेको

पैतालालाई रोक्न सकिन्छ

 

कसैको जीवन बाँकी छँदै

सकेनौं मनको दुराग्रह मेट्न

ती यतै कतै छेउछाउमा हुँदै

भ्याएनौं क्षमाको आग्रह गर्न

 

अनि..

जब कोही हिँडिदिन्छ टाढा

सुन्छौं ‘नफर्किने गरी गयो’

झस्किँदै अनि पुकारा गर्छौं

‘हरे…....यो सब के भयो’

देखिन्छ एल्बमका फोटोमा

थकित आँखा, न्यानो हेराई

जानेले त सायद बिर्सेर गए

हाम्रो उपेक्षा र अपमानलाई

 

कति कुरा कसरी भनिए

जुन नभनेको भए हुन्थ्यो

त्यस्तो भाषा, त्यस्तो भाखा

त्यसरी नबोलेको भए हुन्थ्यो

 

नगरेको फोन, नभेटेका पल

अभिनयजस्तो सम्बन्धको छल

निरर्थक छ अब पछुतो नदिएको मायाको

फोटोले बोल्दैन, त्यो त केवल छाया हो

 

तर....तर

सकिन्छ सबै सच्याउन

जीवन हाम्रो बाँकी छँदै

बाल्यकालका साथीभाइ

इष्टमित्र जीवित हुँदै

नत्र,

हाम्रो रुखो व्यवहारलाई

जानेले सायद माफ गर्छ

तर लज्जित भएर आफैंसँग

प्रतिक्षण मर्नुपर्छ

आफ्नै नजरबाट गिर्नुपर्छ

 

हाम्रो जीवन बाँकी छँदै

तर.. सकिन्छ सबै सच्याउन !!!

यो पनि :

छोरी र बाबा

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०६:५९
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP