आज बेलुकी
जो बजार गइरहेछन्
उनीहरूलाई मेरो अनुरोध
एउटा सानो अनुरोध
यसो किन नहुने कि आज बेलुकी
हामी हाम्रा झोला अनि डोकाहरू
एकापट्टि छोडी राखौं
अनि, सिधै धानका मंजरीहरूकहाँ पुगौं
चामल आवश्यक छ
आवश्यक छ आटा, दाल, नुन, पुदिना
तर, यसो किन नहुने कि आज बेलुकी
हामी सिधै उतैतिर पुगौं
सिधै उतै
जहाँ चामल
दाना हुनुअघि
सुगन्धको पीडाले छट्पटाइ रहेको हुनेछ
उचित यही हुनेछ
कि हामी सुरूमा नै
आमुन्ने- सामुन्ने
दोभाषे बेगर नै
सोझै त्यस सुगन्धसित कुरा गरौं
यो रगतका लागि राम्रो हो
राम्रो हो भोकका लागि
निद्राको लागि
कस्तो हुन्थ्यो
बजार नआए बीचमा
अनि हामी एकपल्ट
चुपचाप भेटेर आउँ चामलसित
भेटेर आउँ नुनसित
पुदिनासित
कसो होला
एकपल्ट ... केबल एकपल्ट ...!