Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, पुस २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

खबरदार! यो बेला ...

सुनील बाबु श्रेष्ठ

सुनील बाबु श्रेष्ठ

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कविता

खबरदार !

साना नानीहरू 

र बोरामा पसिना गन्हाउने थोत्रा गुन्टा बोकेर  

घर हिँडेका आतंकित मान्छेहरू हो !

मनाही गरिएको छ तिमीहरूलाई

यो सडकको बीचमा उभिएर

Laxmi bank
Laxmi bank

पिलपिल आँसु झार्न

अस्वीकार गरिएको छ

Ncell
Ncell

भोकै छु भनेर संसारलाई सुनाउने

तिम्रा नौटंकी बोलीहरू

त्यसैगरी मनाही गरिएको छ

रातबिरात हिँडेर

चरचरी चिरिएका पैतलाहरू देखाउन 

र, पुरापुर खारेज गरिएको छ 

सरकारप्रति रोष व्यक्त गर्ने  

या लान्छना लगाउने तिम्रो नैतिक अधिकारहरूलाई

 

देशभन्दा माथि धेरै माथि बसेर

तिमीहरूलाई शासन गर्नेहरू

यस्तै फरमानहरू जारी गरिरहेका छन् 

 

यथार्थ नागरिकभन्दा

मिडियाले उचालेका

या एकाएक प्रकटभएका

निसाचार वा कृतिम मान्छे हुनसक्छौ तिमीहरू

प्रतिपक्ष वा विरोधीको सिपाही हुनसक्छौ

सरकार असफल बनाउन

प्रचारबाजी र षड्यन्त्र रचेका हुनसक्छौ

अथवा, योजनाबद्ध परिचालित

सत्ताको विद्रोही हुन सक्छौ

 

खबरदार! के तिमीहरू

पहिलो पटक मात्र भोकाएका हौ? 

अहिले मात्र सडकमा सास्ती पाएका हौ?

अहिले मात्र पीडामा आँसु झारेका हौ?

के तिम्रा सपनाहरू

अहिले मात्र चकनाचुर भएका हुन्?

अहँ होइन

कुमालेको चक्र झैं पुस्तौदेखि घुमिरहेको छ

तिमीहरूको वरिपरि यस्तो नियति

त्यसो हो भने  

यो विषम परिस्थितिमा

चुपचाप बस्ने हो तिमीहरू

कसले सिकायो यो नौटंकी गर्न?

अनि कसले फरमान जारी गर्‍यो 

आफ्नै सरकारमाथि घृणाले औला उठाउन?

 

यो जीवन र मृत्युको लडाइँको बेला

नियम कानुनका कुरा उठाउनेहरू

भ्रष्टाचारको कुरा उठाउनेहरू

आदर्श राज्यका कल्पना गर्नेहरू

कसैको इसारामा परिचालित 

सत्ताको विद्रोही हुन सक्छ

 

सत्यको बाटो स्वीकार्ने  

अन्याय, दूराचार र अव्यवस्था विरूद्ध

घन्टाउके अक्षरमा

शब्द जन्माउने जाली कविहरू

यो विषम परिस्थितिमा

तिमीहरू पनि सत्ताका विद्रोही हुन सक्छौ

तिम्रा विचारहरू

तिम्रा कलमहरू

हाललाई स्थगित राख

 

समयले संमृद्धिको गर्भाधरण गरेको बेला

बरू सबै मिलेर

राणाको जस्तै

पञ्चायतको जस्तै  

सरकारको जय जयकार गर

अन्धविश्वासी भएर

यो बेला मनोकांक्षा पूरा गर्न

कुनै दैवी भाकल गर्नुपर्दैन

मनकामना वा पाथिभाराको

ठाडै उकालो चढ्नु पर्दैन

बरू खुसी बनाऊ सिंहदरबार बालुवाटार

त्यहाँ सर्वज्ञानी नवमहाराजहरू

प्रवचन दिँदै विराजमान होइबक्सेको छ!

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १३:२०
सिफारिस
नेपालमा बढ्दैछन् बंगलादेशी पर्यटक, किन?
नेपालमा बढ्दैछन् बंगलादेशी पर्यटक, किन?
बालकृष्ण देउजा बने एमाले बागमती प्रदेश सचिव
बालकृष्ण देउजा बने एमाले बागमती प्रदेश सचिव
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस ८, एमाले ७ सिटमा दाबी, उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस ८, एमाले ७ सिटमा दाबी, उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई
मदुरोले अमेरिकी अदालतलाई भने– म अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी हुँ
मदुरोले अमेरिकी अदालतलाई भने– म अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी हुँ
'मरे मरिन्छ, तर साथीहरूमाथि भकाभक गोली ठोकिएका बेला म चुप बस्न सक्दिनँ'
'मरे मरिन्छ, तर साथीहरूमाथि भकाभक गोली ठोकिएका बेला म चुप बस्न सक्दिनँ'
लगानी क्षेत्रका यी २ ठूला कम्पनीको कस्तो छ सेयर कारोबार?
लगानी क्षेत्रका यी २ ठूला कम्पनीको कस्तो छ सेयर कारोबार?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

उत्साहहीन विवाह!
हाम्रा घरमा किन कोही आउँदैनन् अचेल?
म तिमीलाई छोड्न चाहन्नँ!
म ढुंगा हुँदा नै ठिक थिएँ!
ज्याद्रो!
कुर्सीको खेलमा
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

शोभा शर्मा
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ' शोभा शर्मा
चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

शोबिका गैरे
‘तँ र तेरो जागिर!’ शोबिका गैरे
National life inner
National life inner
सबिना पराजुली
सम्बन्धहरू... सबिना पराजुली
विदुर दाहाल
घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे! विदुर दाहाल
प्रतिभा रानाभाट
बिहेको कथा प्रतिभा रानाभाट

साहित्यपाटी

प्रतिभा भट्टराई
उत्साहहीन विवाह! प्रतिभा भट्टराई
Hardik
Hardik
ईश्वर पोखरेल
हाम्रा घरमा किन कोही आउँदैनन् अचेल? ईश्वर पोखरेल
side bar 17- shivam inner
side bar 17- shivam inner
जगत बोहरा
म तिमीलाई छोड्न चाहन्नँ! जगत बोहरा
सुशिला शर्मा 'शिलु'
म ढुंगा हुँदा नै ठिक थिएँ! सुशिला शर्मा 'शिलु'

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP