जीन्दगी मैनको जीवन जस्तो
केही नपाई अरुलाई दिनुपर्ने,
उज्यालो होस या सहारा
जे भए पनि सकिनु छ बल्दा बल्दै
आफैँमुनि अँध्यारोको छहारी
हावाको झोक्काको असर,
बगेर पुग्छ छहारीमा
अँध्यारो माथि जलनको पीडा
निभेपछि त सबै अँध्यारो
ननिभ्दाको पीडा फेरि उस्तै,
सल्किदै मर्नै पर्ने रोग पर्खे जस्तै
कठै! मैनबत्ती जस्तो जीवन
सकिएपछि शेषको अर्थ
क्षणभरमै सबै व्यर्थ,
जलाएकै ठाँउको सफाई पछि
आहा! कति सन्तुष्टि अनि आनन्द।
न त स्वर्ग, न त नर्क को भय छ
प्राप्ति छउन्जेलको वाह! वाह!
अन्त्य पछिको क्षणिक स्मरणमा
जानेछ खै कता-कता क्रमस: रहँदैन मनमा।।