कविता
संसारमा तरी-तरीका मानिसहरू देख्नुपर्छ,
तिनलाई हेर्न लागि पनि जिन्दगी जिउनुपर्छ।
अन्धकार छ चारैतिर भनि डर देखाउनेहरू,
बौद्धिक छु भनि तुच्छ राजनीति गर्नेहरू।।
जीवनमा धेरै प्रश्नको जवाफ हुँदैन रहेछ,
कहिलेकाही प्रश्नैबाट प्रश्न सृजित हुँदोरहेछ।
उतारचढाव सहित नै हुन्छ असल जीवनयात्रा,
अहंकार रहित नै मिल्दोरहेछ जीवनमा सफलता।।
भाग्य सबैको बदलिन्छ समय आएपछि,
अनि बदलिने गर्छ्न आफ्नोहरू हालत देखेपछि।
नयन बन्द गरेर जसरी सूर्यको प्रकाश हराउँदैन ,
मनुष्य रूपमा जन्मेको कारण सबैमा मानवता हुँदैन।।
यहीँ भ्रष्टहरु शिर उचाली मोज गर्दैछ्न,
अनि आम जनता मुख छोपी त्रासमा बाच्दैछ्न् ।
कति दिन रमाउँछौ तिमीहरू यसरी कार्यकर्ता भइ,
तिम्रो नकारात्मक क्रियाकलापप्रति छ आपत्ति मलाई ।।
एक भारी महत्त्वाकांक्षी सपनाहरूको कुम्लो बोक्दै,
क्षितिज पारिको रातो घामलाई पछ्याउँदै।
कोसौ टाढाको त्यो गन्तव्य पार गर्नु छ हामीलाई,
अँध्यारोमा जुन हेरी नथाक्ने, छन् हजारौं नयनहरू अझै।।