कविता
नबोलूँ भन्यो बोल्नैपर्ने भा'छ
नलेखूँ भन्यो लेख्नै मन ला'छ
बोलूँ, लेखूँ भने आफैंलाई लाज ला'छ
अब त अति भयो सरकार
देशमा परीक्षण कति भयो सरकार
विश्व लगायत देशै कोरोना भय छ
नेतागणमा कुर्सी अनि सत्ताकै लय छ
तै पनि कार्यकर्तामा उनकै जय जय छ
अब त अति भा'छ
देशमा परीक्षण कति भा'छ
हामी जनतालाई घरमा थुनेर
वाह! सरकार राजनीतिक फोहोरी खेलमा लाग्ने
कुनै योजना नै नबनाई लकडाउन बढाएर
सत्ताको जालझेलमा लाग्ने
भ्रष्टाचारले भ्रष्टका पेट कत्रा भा'छ
नेपालमा त अहिले मानौं जात्रा ला'छ
साँच्चै लाग्छ अब त तिमीमा अनेकौं कला छ
मन्त्रीमण्डलले नै राष्ट्र दोहनको अभियान चला’ छ
लकडाउन हाम्रै लागि हो था'छ
हामी जस्तै कति लाई यो ला'छ
चिल्ला गाडी चलेकै छन्
दु:ख मजदूरी गर्नेले भोगेकै छन्
एकजुट नभई सत्ताको खेल सुन्दा मन खिन्न भा'छ
धनी, गरिब अनि पहुँच वालामा लोकतन्त्र किन भिन्न भा'छ
नबोलूँ भन्यो बोल्नैपर्ने भा'छ
बोलूँ भने आफैंलाई लाज ला'छ
अब त अति भा'छ
देशमा परीक्षण कति भा'छ
राजनीति भनौ या त लाज नीति
जो आए नि फेरिएनन् देशको स्थिति
अहिले लकडाउन नखोले नि भोलि खोल्नै पर्छ
यस्तै सँग त्यो बेला भनत् कसरी टर्छ
भोकै थुनिएर मरिन्छ झै भो चोला
सोचौं त खुले पछि जीवन कस्तो होला
भारी वर्षापछि उदाएको सूर्य जस्तो
या त असिना पानीले थिलो थिलो पारेको बारीको
गोलभेंडा जस्तो ?
लकडाउन
निम्न र मध्यम वर्गीयलाई लागे
ठूल-ठूला मार्ट होटल भाटभटेनी खुले
धनीले मगाएर खाए
तिमी नेतालाई के को कमी छ र?
न खान न त हिँड्न नै
अनेकौ सेवा सुविधा लिँदै सत्ताको खेल खेल्न पाए
साँच्चै लकडाउन जनतालाई सास्ती
शासकलाई मस्ती भा'छ
अब त अति भयो सरकार
देशमा परीक्षण कति भयो सरकार
नलेखूँ भन्यो लेख्नै मन ला'छ
बोलेर बोली सक्नु छैन
नबोलेर नि भएन
नेता भयौ या त व्यापारी अनि खेलाडी भयौ
काम अन्तै छाडी तिमी कता तिर गयौं
नेपाल बाहेक अरू देश चिन्ताले छट्पटिएका छन्
नेपाल चाहिँ कहिले कविता त कहिले उखान अनि राजनीतिक भाग छुट्याउनमा नै व्यस्त छ
यस्तै भए नेपाल अब बुझैं धोस्त छ
देशको तरकारी कुहिएर गा'छ
भारतबाट अरबौको आयात भा'छ
हामीले बुझाउनु पर्छ कि आफैं बुझ्छौ
सरकारबाट अरबौ घोटाला भा'छ
सरकारबाट अझैं राहतको काम हुनुपर्छ
सत्ता छाडी कोरोनासँग लड्नुपर्छ
योजनाहरू खोज्नु पर्छ
नत्र जनताले सडकमा हतियार उठाउनु पर्छ
अब त अति भयो सरकार
नबोलूँ भन्यो बोल्नैपर्ने भा'छ
नलेखूँ भन्यो लेख्नै मन ला'छ
बोलूँ, लेखूँ भने आफैंलाई लाज ला'छ
अब त अति भा'छ
देशमा परीक्षण कति भा'छ
अति भयो सरकार
साँच्चै अब त अति भयो सरकार