Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

चुनौती

Nmb
Nmb
नीलकण्ठ न्यौपाने

नीलकण्ठ न्यौपाने

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कविता

आयो के कोरोना विषाक्त भुसुना कालै बनी विश्वमा

सारा मानव बस्तीमा दिनदिनै लाग्दैछ विध्वंशमा।

हत्या त्रास जघन्य मृत्यु भयले आतंक मच्चाउँदै

संसारैभर फैलिई मनुजको प्राणान्त पीडा दिँदै ।।

                   १

हाम्रो चेतन वृत्तले कति कुरा सक्दैन भेट्टाउन

भित्री के छ रहस्य यो प्रकृतिको को सक्छ सच्याउन।

दैवी चक्र घुमाउने प्रविधिको लीला कथाका कुरा

Ncell
Ncell

को बुझ्ने र बुझाउने त कसरी सामर्थ्य कस्को पूरा ।।

                   २

गर्दै घात प्रघात तीव्र हमला ब्रह्मास्त्र फैलाउँदै

युद्धाभ्यास गरी रहेछ यसले संसार थर्काउँदै ।

कोरोनामय जीवअस्त्र तगडा सूक्ष्माणु बिछ्याउँदै

थाल्यो मानव जातिकै जगतको अस्तित्व सिध्याउनै ।।

                   ३

सिंगो विश्व धकेलियो पछि पर्यो हारेर झोंकाउँदै

हाम्रो भौतिकवादको प्रगतिमा छेको तगारो दिँदै ।

लाखौं लाख मनुष्यमाथि हमला गर्दै चुनौती दिँदै

आफ्नो तागत तौलिँदैछ विधिले सर्वत्र फैलाउँदै ।।

                   ४

कि कर्तव्य विमूढ मूर्छित बन्यो विज्ञानको उन्नति

सोच्दा साथ रहेछ जीवनसँगै अज्ञानकै दुर्गति ।

व्यर्थै आर्जित सम्पदा प्रगतिको हारेर भक्कानियो

मान्छेको अभिमान क्रोध झगडा इर्ष्या सबै नाङ्गियो ।।

                   ५

सारा ती हतियारका बिगबिगी लुके कुनामा कता ?

बन्ने धाक गयो अजय सबमा विज्ञान भाग्यो कता।

हाम्रा ती सपना भविष्य पथका बेकार देखे जति

आर्जेको विजयी ध्वजा प्रकृतिमा ढल्दैछ आजै कति ।।

                   ६

हाम्रो तागतको घमण्ड कतिथ्यो थर्को थियो विश्वमा

त्यस्तै उन्नतिको कथा परिकथा चर्को थियो सृष्टिमा ।

देख्दा तुच्छ रहेछ चिन्तन सबै सनो छुचो दुर्मति

आफैं संकटग्रस्त भै मनुजता भोग्दै गयो यो क्षति ।।

                   ७

त्रासै त्रास छ विश्वमा मरणको सर्वत्र चकमन्न छ

चाङै चाङ छ लास लाख रमिता संसार नै बन्दछ ।

लाखौं लाख सिकिस्त भै परिसक्यो संसार आफैं थला

पूर्वाभ्यास गर्‍यो किता प्रलयको डाकेर यो आपदा ।।

                   ८

शिक्षा दर्शन सृष्टिको बुझिदिने खाँचो छ संसारमा

दीक्षा जीवन दृष्टिमा थपिदिने साँचो सदाचारमा ।

खातै खात रहस्य छन् प्रकृतिमा अदृश्य सम्भावना

कोरोना निहुँमात्र यो विपदमा खोली पढौं चेतना ।।

                   ९

व्यर्थै आपस दुश्मनी कति लिने संकीर्ण स्वार्थी बनी

गर्दै सञ्चय सम्पदा प्रकृतिको के बन्नु खै बैगुनी ।

सेवाभाव उदार प्रेम ममता आदर्श श्रद्धा सँगै

फेरौं जीवनचक्र नै अब सखे सत्कर्ममा गाँसिँदै ।।

                  १०

हाम्रो दैनिक दैनिकी शुभ रहोस् परोपकारी गुनी

आफ्नै पौरखमा रमाइ सबले बाँचौं बनी उद्यमी ।

साँची संस्कृति सम्पदा असल ती पूर्खा पिताका कुरा

बाँचौं जीवन स्वस्थ सभ्य विनयी आरोग्यतामा पूरा ।।

                  ११

कोरोना विषवायु संक्रमणले लाखौं मरे विश्वमा

साराले अब शान्ति सद्गति चुमून् वैकुण्ठ सद्धाममा ।

कालो बादल फारियोस् जगतमा फर्कून् उज्याला दिन

संसारै अब स्वस्थ भै अघि बढोस् व्यर्थै चुनौती किन ।।

                  १२

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १२:३९
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP