Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, पुस ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

म नवराज

अम्मर खड्का

अम्मर खड्का

नवराज विश्वकर्मा

म दलित

म गरिब

मालिक

मलाई नमार्नुस्

म मेरी सखाको फोक्सोमा सास भर्न आको हुँ

म मेरी सखाको धड्कनमा धड्कन मिसाउन आको हुँ

म मेरी सखाको अनुहारलाई घुम्टोमा सजाउन आको हुँ

मालिक

मलाई कात्रोमा नराख्नुस् ।

ऐंया ! मालिक

मलाई यसरी हँसियाले नहान्नुहोस्

मेरो शरीरमा यति बिघ्न ढुंगा नबर्साउनुहोस्

मलाई यो बाटोमा किन यसरी घिसारी रहनु हुन्छ ?

मालिक म यहाँ मर्न आएको होइन

म त मेरी सखाले बोलाएर आको हुँ ।

प्रिय सखा !

जब मैले तिम्रो सिउँदो भर्ने दिन आयो

ठीक त्यति नै बेला तिम्रा आफन्तीले मेरो शिरमा चिर्पट बजारे

जुन दिन मैले तिमीलाई तिम्रो घाँटीमा तिलहरी झुन्ड्याउनु थियो

त्यही दिन तिम्रा आफन्तीले मेरो घाँटीको सास झुन्ड्याइदिए

जुन दिन तिम्रा आफन्तीले तिम्रा पाउ पानीमा डुबाउनु पर्थ्यो

त्यही दिन तिम्रा आफन्तीले मलाई भेरीमा डुबाइदिए

म सदाको लागि ज्यूँदो भएको छु

तिमी सदाको लागि नमर ल !

प्रिय सखा !

आजभोलि चोक चौतारीमा मेरै कुरा गर्छन् होला

बहस चल्दो हो, हत्या कस्को भयो?

भन्छन् होला

कसैले प्रेमको भयो

कसैले दलितको भयो

त्यति नै बेला तिमीले भन्नू

यहाँ हत्या मान्छे र मानवताको पनि भयो

नत्र फेरि मलाई यो समाजले मान्छे नै भन्दैन

झन् मानवता कहाँ देख्ला

म मान्छे नभए पनि

अरुलाई मान्छे बनाऊ ल !

अनि

सोध्नू ती सबै सबै गाउँलेलाई

भेरीले के बगायो?

प्रेम

जात

लास

मानव

मानवता

सपना

समाज

राजनीति

कि सबै बगायो?

तर, अब

न्याय नबगाओस् !

अब फेरि अरु नवराजहरू

अनाहकमै नमारिऊन् ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १९:२१
सिफारिस
बिहानदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?
बिहानदेखि 'म्याराथन मिटिङ' मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?
जसले चिप्सलाई बनाए खाजा
जसले चिप्सलाई बनाए खाजा
डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन
डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन
अध्ययनमै सीमित नेप्से पुनर्संरचना, यसपालि होला सम्भव?
अध्ययनमै सीमित नेप्से पुनर्संरचना, यसपालि होला सम्भव?
ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४
ठ्याक्कै २६ वर्षअघि काठमाडौंबाट 'हाइज्याक' भएको आइसी–८१४
बालेनले भने– म अब राजनीतिमा आएँ, हामी मिलेर चुनावमा जाऊँ
बालेनले भने– म अब राजनीतिमा आएँ, हामी मिलेर चुनावमा जाऊँ
प्रतिक्रिया दिनुहोस्

विचार

डा. योगराज लामिछाने
बयान दिने बिपी, नदिने केपी! डा. योगराज लामिछाने
अमित ढकाल
ओली र लेखक आयोगमा बयान दिन किन जानुपर्छ? अमित ढकाल
रामेश्वर खनाल
'व्यवसायीहरू आफ्नो खुट्टामा उभिएर दौडिने क्रममा छन्, सरकार अवरोध बन्दैन' रामेश्वर खनाल
नारायण वाग्ले
नयाँहरू मिलेकै त राम्रो! नारायण वाग्ले

ब्लग

अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई
रमा शर्मा
अरे बाबा! रहर छैन नि घर छोडेर टाढा बस्न! रमा शर्मा
आरती लम्साल
हिमालको काखमा उभिएको साहस- मर्दी हिमालकी चियावाली कविता दिदी आरती लम्साल
भुवन मास्के 'मुस्कान'
यो सम्झिने मन छ... भुवन मास्के 'मुस्कान'

साहित्यपाटी

ईश्वर पोखरेल
उमेर मलाई डाक्टरको विषय लाग्छ! ईश्वर पोखरेल
रोहित चन्द
म आज मेरो देश छोड्दै छु! रोहित चन्द
धरणीधर अधिकारी
साझा आत्मा बनेर आऊ! धरणीधर अधिकारी
नरेन्द्रनाथ भट्टराई
साथी! नरेन्द्रनाथ भट्टराई

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP