यो देश मेरो रोएको छ आज
धुजा धुजा भई बाँचेको छ आज
यो हाँसो मेरो कसरी देखाऊँ
यो आँसु मेरो कसरी रोकाऊँ
म हेर्न सक्दिनँ त्यो पीडा यसको
दुखेको छ छाती यो मेरो देशको
जाऊँ म कहाँ गरूँ के म यहाँ
म सक्दिनँ छेक्न विपतको छाया
रोएको छ अगाडि, मेरो आँसु रोकिन्न
यी पापी हातले रोक्न सकेन
धिक्कार्दै छु यहाँ आफूले आफूलाई
सहन सकिनँ त्यो रोदनको पर्खाइ
साहस गर्दैछु देशको लागि केही गर्न
अबको आँट मेरो सक्छु सक्दिनँ देशभक्त बन्न