कविता
के आयो फेरि यो विश्व हल्लाउने महामारी
किन करोडौको ज्यान यसमा छ भारी
कहाँ बाट आयो यो कसले फैलायो
जहाँ बाट आए पनि लाखौं को ज्यान लग्यो I
चीन बाट फैलिँदै आयो यो खतर्नाक बिमारी
स्पेन, इटाली र अमेरिका लाई ध्वस्त बनाउने सिकारी
कसैले भन्छन् चमेरो बाट आएको ,कसैले अरू
मानिसहरू यसले गर्दा रुन्छन् धुरूधुरू I
बनेको छैन यो महामारी को औषधि
अमेरिका मा छ यसको त्रास बढी
जता गयो त्यतै सुनिन्छ यसको हल्ला
यसको पीडितलाई गर्नु हुन्न हेला I
डराउनु पर्दैन यो महामारी बाट
हात ,मुख धोए जोगिन सकिन्छ यस बाट
हात मिलाउने भन्दा नमस्ते गर्ने बानी बसालौं
बाहिर जाँदा मास्क लाउनै पर्छ भन्ने अठोट गरौं I